१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार



काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व सम्हाल्न पुगेका कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी उठाएका छन् । बिभिन्न जिल्लामा दर्ता भएका उम्मेदवारीको विवरण आइनसकेकाले संख्या केही बढ्न सक्ने उनेपाले जनाएको छ ।

अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको र केही ठाउँको विवरण आउन बाँकी रहेको पार्टीका उपाध्यक्ष जितराम लामाले बताए ।

पार्टीका अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् ।

रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले सहमति भएको १२ दिनमा सहमति तोडेर पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट उम्मेदवारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ०२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि