वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले कोरोना अहिले विकास भन्दा जनताको स्वास्थ्य प्रमुख विषय भएको बताएका छन् । बिहिवार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले भाइरसको संक्रमणबाट बचाउनका लागि सरकारले विकासे बजेट नभै जनता बचाउने बजेट ल्याउनुपर्ने बताए । रिजालले कोरोना भाइरसको संक्रमणको बेला अहिले जनतालाई औषधि, उपचार र राहत…