१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्री पोखरेलको जिल्लाका प्रजिअहरुसँग भर्चुअल संबाद



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा चुलिएको विबाद साम्य पार्ने उद्देश्यले गठीत कार्यदलको प्रतिबेदन दुई अध्यक्षलाई बुझाएर प्रदेश राजधानी फर्के लगत्तै उनले प्रमुख जिल्ला अधिकारीहरुसँग भिडियो सम्बाद गरेका हुन् ।

१२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्री पोखरेललाई जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे प्रसतबेदन प्रस्तुत गरेका थिए ।

एकीकृत भिडियो संवादमा मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाएका छन् । केसीका अनुसार मुख्यमन्त्रीले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए ।

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।
उनले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह समेत गरे ।

प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गरेका थिए । उनीहरुले तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे मुख्यमन्त्रीलाई जानकारी गराएको प्रेस सल्लाहकार केसीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान