१४ भदौ २०८३, आइतबार | August 31, 2026

विद्या भण्डारीको राजनीतिक भूमिकामा रोक लाग्दैन : कर्ण थापा

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता रोक्न नसकिने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भण्डारीलाई सक्रिय हुन कसैको अनुमति आवश्यक नपर्ने बताए। थापाका अनुसार भण्डारी आफैंले योगदान दिएर निर्माण गरेको पार्टी भएकाले एमालेभित्र पुनः प्रवेशका लागि कसैको स्वीकृति चाहिँदैन। भण्डारीको सदस्यतासम्बन्धी विषयमा…