१० बैशाख २०८३, बिहिबार | April 23, 2026

शेखर कोइरालाको ‘सुप’ दौड, भन्छन् – कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु

धनगढी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा…