७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले अर्थतन्त्रलाई चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय भएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभई एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चय व्यक्त गरे ।

मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिई स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिए । उनले देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।

विभिन्न कालखण्डमा मुलुकमा भएका आन्दोलनबाट देशको शासन व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नभइदिँदा अपेक्षा गरिएअनुसारको परिणाम दिन नसकेको स्पष्ट गर्दै सञ्चारमन्त्री गुरुङले अब शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने समय आएको बताए ।

संविधानको भावनाअनुसार सरकारका सबै निकाय पूर्ण लोकतान्त्रिक र समावेशी हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रमा विधिको शासनसहित स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा त्यो नभइदिँदा लोकतन्त्र ‘ट्र्याप’मा परेको होकी भन्ने कोणबाट टीकाटिप्प्पी हुनेगरेको बताए ।

प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाँक्ने व्यक्तिको कार्यशैली र आचरण ठीक हुनुपर्ने धारणा व्यक्त गर्दै उनले पुराना संरचनालाई नयाँ व्यवस्थाअनुरुप लोकतान्त्रिक र विधिसम्मत बनाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय हामीले ल्याएको लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी नेपाली कांग्रेस र नेकपा एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धन गर्नुपरेको हो भन्दै विकास र समृद्धिसहित लोकतन्त्रलाई सुनिश्चित गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई अझ व्यवस्थित र समयानुकूल बनाउन मन्त्रालय सधैँ सकारात्मक रहेको बताए ।

मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चारमाध्यम् जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले उक्त भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्दै आएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई