८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद सजाय माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । टीकापुर हत्याकण्डको अभियोगमा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले गणतन्त्र दिवसमा बाँकी कैद सजाय माफी दिएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीसहित १९जनाको कैद सजाय माफी दिएका हुन् । आज बसेको मन्त्रिपरषद् बैठकले चौधरीको माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।…