१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वनको डढेलो वस्तिमा पस्दा सल्यानका १५ घरगोठ जलेर नष्ट



सल्यानमा आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका छन् । वनको डढेलो वस्तीमा फैलदा स्थानीयका १५ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक प्रेमशंकर चोधरीले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा रहेको फेदीखोला सामुदायिक बनबाट सल्किएको आगोले बन नजिक रहेका श्रीचौरका ८ घर र ७ गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीले सेतोपाटीलाई बताए ।

आगलागी बाट स्थानीय चक्रबहादुर दमाई, बेदबहादुर बोहोराको घर र शेरबहादुर केसी, कालिबहादुर केसी लगाएतका घर गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगोले एउटा बोका र केही कुखुरा समेत मरेको चौधरीले जानकारी दिए । पिडितहरुले छिमेकीको घरमा आस्रय लिइरहेका छन् ।

हावाहुरी चलेको कारण वनको आगो नजिकैको बस्तिमा फैलिएको र हावाका कारण समयमै आगो नियन्त्रणमा समस्या भएको चौधरीले बताए। डढेलो राति नौबजेपछि मात्र नियन्त्रणमा आएको थियो । प्रहरीले आगलागीबाट भएको क्षतिको एकीकरण विवरण आइतबार संकलन गर्ने प्रहरीले बताएको छ। शनिबार दिउँसो पौने ३ बजेदेखि वनको डढेलो बस्तिमा पसेको थियो । जंगलमा आगो कस्ले लगाएको हो र त्यो बस्तिमा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैबिच नेपाल रेडक्रस सोशाईटी सल्यानले आगलागी पिडितलाई केही राहत सामाग्री वितरण गरेको छ । आगलागी बाट पिडित ५ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको र बाँकीलाई आज आइतबार वितरण गर्ने रेडक्रस सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : १९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर