४ आश्विन २०८३, आइतबार | September 20, 2026

युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई



वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो ।

अब प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि कामदार लाजिम्पाटस्थित युएइ दुतावासमा धाइरहनु पर्देन्। यूएई सरकारले गत फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि यूएई जाने कामदारले अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेस गर्नुपर्ने नियम सुरु गरेको छ ।

दैनिक ५ सयभन्दा बढी कामदारको प्रमाणिकरण मात्र हुने दूतावासमा २ हजारबढीको लाइन हुन थालेपछि समस्या भएको थियो।
दूतावासले ४३ सय रुपैयाँ लिएर कामदारको पुलिस रिपोर्ट प्रमाणिकरण गर्दै आइरहेको छ।

अब यसमा १ सय १३ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ। याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभल म्यानपावर व्यवसायीकै हुन् ।

म्यानपावर व्यवसायीले संचालन गरेको ट्राभलले थप १ सय १३ रुपैयाँ लिएर प्रमाणिकरण गर्ने जिम्मा लिएपछि त्यसको आलोचना समेत भइरहेको छ।

वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारसँग दूतावासले प्रमाणीकरणको नाममा आर्थिक भार पारेको भन्दै विरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ३५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल