२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

ओलीलाई दुई तिहाई बढी मत, यस्तो छ अंकगणित



काठमाडौं–संघीय संसदको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।

ओलीलाई संघीय समाजवादी फोरम र राजपा नेपालले समेत समर्थन गर्ने तयारी गरेका छन् ।

यी दुई दलको समेत समर्थन रहँदा ओलीको पक्षमा दुई तिहाई बढी मत हुने छ ।

संघीय समाजवादी फोरमले संसद बैठकअघि आइतबार मध्यान्ह संसदीय दलको बैठक बोलाएको छ ।

उक्त बैठकले ओली सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय लिने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

फोरमले यसअघि नै ओली सरकारमा सहभागि हुने निर्णय लिइसकेको हुनाले स्वाभाविक रुपमा ओली सरकारलाई विश्वासको मत दिने निर्णय लिने एक नेताले जानकारी दिए ।

यस्तै आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

तथ्यांक केलाउँदा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ ।

जवकी दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा मत बढी देखिएको छ ।

सरकारलाई विश्वासको मत : संसदमा माओवादीको एक भोट घट्यो
राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिको एजेण्डा ओली नेतृत्वको सरकारले बोकेको छ ।

प्रधानमन्त्री ओलीलाई एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ र फोरमका १६ सांसदको समर्थन रहने देखिन्छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् ।

ओलीको विपक्षमा नेपाली कांग्रेस र एक सिट रहेको नयाँ शक्तिमात्रै हुने देखिएको छ । यद्यपि नयाँ शक्तिका सांसद तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हाल देशबाहिर रहेका छन् ।

अहिले संसदमा कांग्रेसका जम्मा ६३ सांसद छन् । जवकी एक चौथाई मत बनाउन कांग्रेसलाई ६९ सांसद आवश्यक पर्छ ।

एक चौथाइ सांसद नहुँदा कांग्रेसले कुनै विशेष प्रस्तावसमेत संसद्मा दर्ता गर्न सक्दैन ।राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ ।

संघीय संसदको प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ३९ बजे

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु