३ आश्विन २०८३, शनिबार | September 19, 2026

मेस्सीलाई सन्तान सुख, बार्सालाई जीतको



बार्सिलोना । स्टार खेलाडी लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको बार्सिलोनाले १० खेलाडीमा सिमित मालागामाथि २–० को सहज जित निकालेको छ ।

तेस्रो सन्तानको जन्मपछि २७ लिग खेलमा २४ गोल गरेका मेस्सीले शनिबारको खेलबाट नाम फिर्ता लिएका थिए ।

तर, मेस्सीको अनुपस्थितिमा लुइस सुवारेजले खेलको १५ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाए ।

खेलको २८ औँ मिनेटमा काउन्टिन्होले अग्रता दोब्बर बनाए ।

लगत्तै जोर्डी अल्बालाई फल हानेपछि सामु गार्सियाले रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो ।

करिब एक घण्टा १० खेलाडीमा सिमित बनेपनि मालागाले त्यसपछि भने कुनै गोल खाएन ।

बार्सिलोना पछिल्ला ३५ ला लिगा खेलहरुमा अपराजित रहेको छ । जसमा उसले २९ मा जीत र ६ मा बराबरी गरेको छ । यसअघि रियल सोसिडाडले सन् १९८० मा लगतार ३८ खेलमा अपराजित रहेर स्पेनिस किर्तिमान बनाएको थियो ।

जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ ।

अब बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको दोस्रो लेगका लागि चेल्सीको आतिथ्य गर्नेछ । पहिलो लेगका स्टामफोर्ड ब्रिजमा १–१ को बराबरीमा सकिएको थियो ।

मेस्सीलाई सन्तान सुख

यता, मेस्सी र उनकी पत्नी एन्टोनेला रोकुजोलाई तेस्रो सन्तान भएको छ ।

इन्सटाग्राममा नयाँ सन्तानको आगमनको घोषणा गर्दै मेस्सीले लेखेका छन्, ‘स्वागत छ सिरो, भगवानलाई धन्यवाद । सबै राम्रो भयो । ऊ र आमा दुवै राम्रो गरिरहेका छन् । हामी अत्यन्त खुसी छौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ५८ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय