५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपालमा कमेडी रियालिटी शो हुने



काठमाडौँ : नेपालमा अन्तर्राष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ । यसबारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

हास्यव्यंग्यत्मक रियलिटी सो कमेडी किङ्ग गर्न लागिएको जानकारी दिइएको हो । कमेडी किङ्ग नेपाली अनलाइन टेलिभिजनको सहकार्यमा निमार्ण तथा प्रसारण हुनेछ ।

वैशाखदेखि देशभरबाट आवेदन सङ्कलन गरी प्रतिस्पर्धात्मक रियलिटी सो कमेडी किङ्गको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिए ।

देशभरका झन्डै ४० हजार सहभागी हुने अपेक्षासहित गर्न लागिएको रियलिटी शोमार्फत कमेडी किङ्ग बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसन रेडी गोसहित नगद पुरस्कार पाउनेछन् ।

त्यसैगरी दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई र कतार लगायत युरोप भ्रमणको प्याकेजसहित क्रमशः १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार विष्टले बताए ।

पछिल्ला वर्षमा हास्यव्यङ्ग्यको क्षेत्रमा नयाँ कलाकारको उपस्थिति घटेकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको अनलाइन टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले बताए । हास्यव्यङ्ग्यमा धेरैको रुचि बढ्दै गएकाले नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता गरिएको आयोजकको भनाई छ ।

आगामी वैशाखदेखि सातै प्रदेशका सदरमुकाम सहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्री अडिसन हुनेछ । प्री अडिसनमा करिब ४० हजारको सहभागी हुने अनुमान आयोजकको छ ।

जसमा सहभागी मध्येबाट १ सय जनालाई मेगा अडिसनका लागि छनोट गरिनेछ । छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याउने र मेगा अडिसनमा छनोट भएका मध्येबाट फेरि उत्कृष्ट ३० जना छनोट हुनेछन् । छनोट भएका ३० जनामध्येबाट पनि २० जना उत्कृष्टलाई छनोट गरिनेछ ।

टप २० देखि दर्शकको भोटिङ हुदैं हरेक हप्ता गर्ने प्रस्तुतिका आधारमा ३ जना फाईनल प्रतिस्पर्धामा सहभागी हुनेछन् । उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : १३ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको