१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’



काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि फोरजी सेवा सुरु गरे।

यो अवधिमा नेपालका जम्मा २१ सहरमा फोरजी सेवा पुगेको छ। यसको अर्थ नेपालको कुल जनसंख्याको १५ प्रतिशत मानिसको पहुँचमा पनि फोरजी सेवा पुगेको छैन। संसारका कतिपय मुलुकमा अझै पनि फोरजी नेटवर्क पुग्न सेकको छैन।

यस्तोमा भोडाफोन र नोकियाले चन्द्रमामा फोरजी नेटवर्क पु¥याउने महत्वाकांक्षी योजना अघि बढाएका छन्। यसलाई ‘मुन मिसन’ को रूपमा नामकरण गरिएको छ। भोडाफोन जर्मनी र नोकियाको सहकार्यमा चन्द्रमामा फोरजी नेटवर्क सञ्चालन गर्न लागिएको हो। यो नेटवर्क बर्लिनको पार्ट टाइम (पीटी) साइन्टिस्ट नामक कम्पनीको सहयोगमा बनाइने भएको छ। स्पेनको बार्सिलोनामा आयोजना भएको ‘मोबाइल वल्र्ड कंग्रेस २०१८’ मा भोडाफोन कम्पनीले यो महत्वाकांक्षी योजनाबारे जानकारी गराएको हो। कम्पनीले नोकियासँगको प्राविधिक सहकार्यमा यस्तो महत्वाकांक्षी योजना अघि बढाएको र यसका लागि आवश्यक काम सुरु भइसकेको समेत उल्लेख छ।

सन् १९६९ मा नील आर्मस्ट्रङ र एडविन एल्ड्रिनले पहिलो पटक चन्द्रमामा टेकेका थिए। मानव पाइला राखेको ५० वर्ष पुगेको अवसरमा चन्द्रमामा फोरजी नेटवर्क राख्न रोबोट पठाउन लागिएको उल्लेख छ। कम्पनीका अनुसार चन्द्रमामा फोजी सेवा पु¥याउनुको मुख्य उद्देश्य रोबोटको सहायताबाट चन्द्रमाको लाइभ भिडियो र फोटो खिच्नु रहेको जनाइएको छ। भोडाफोनले जनाए अनुसार सन् २०१९ मा चन्द्रमामा फोरजी नेटवर्क जोडिनेछ। कम्पनीले निजी खर्चमा यो काम भइरहेको समेत जनाएको छ।

यो मिसनको खर्च पाँच करोड डलर लाग्ने अनुमान गरिएको छ। यसका लागि भोडाफोन कम्पनीले कार निर्माता कम्पनी अडीले निमार्ण गरेको रोबोट चन्द्रमामा पठाउनेछ। यो रोबोटमा चारवटा पांग्रा हुनेछन्। जसको सहायताले चन्द्रमाको खाल्डाखुल्डी जमिनमा रोबोटलाई यात्रा गर्न सहज हुनेछ। रोबोटको तौल ३० किलोको हुनेछ। रोबोटले पाँच किलोग्राम अतिरिक्त भार लैजान सक्नेछ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार नोकियाले फोरजी ट्रान्समिसनका लागि अहिलेसम्मकै सबैभन्दा हलुका ट्रान्समिसन उपकरण बनाउनेछ। उक्त ट्रान्समिसन उपकरण एक किलोभन्दा पनि कम तौलको हुने नोकियाले जनाएको छ। फोरजी ट्रान्समिसनका लागि १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डको प्रयोग हुनेछ। जुन एचडी भिडियोका लागि आवश्यक पनि हो। सुरुमा दुवै रोबोटले आधार स्टेसनमा एचडी भिडियो पठाउनेछन्।

यसपछि मात्र उक्त भिडियो पृथ्वीमा पठाइनेछ। ती रोबोटले १९७२ मा नासामा पठाइएको अपोलो १७ को पनि निरीक्षण गर्ने जनाइएको छ। बर्लिनका पिटी साइन्टिस्टका संस्थापक र सीईओ रोबर्ट बोमले यस कदमबाट वैज्ञानिक डाटा संकलन गर्न र त्यसलाई पृथ्वीमा पठाउन सहज हुनुका साथै यसले अन्तरिक्ष अनुसन्धानको भविष्य तय हुने उल्लेख गरे।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : १२ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका