११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

पुरानो सिम नफाल्नुहोस्, फसिएला !



काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्।

एनसेलको सिमकार्ड धेरै समय प्रयोग नगरेकाले फोन त्यति आउँदैनथ्यो। उनले यत्तिकै एनसेल सिम फ्याँकिदिइन्, कम्पनीमा गएर ब्लक गर्न आवश्यक ठानिनन्। सिम फालेको ६ महिनासम्म खासै केही समस्या आइपरेन। उनलाई पुरानो सिमको महत्व पनि त्यति भएन। तर, सिमकार्ड फ्याँकेको सात महिना के बितेको थियो, एकदिन उनको फेसबुक अकाउन्ट ह्याक भयो।

फेसबुक ह्याक भएपछि उनको अकाउन्टमा अनेकथरी पोस्टहरू आउन थाले। त्यो बेलासम्म पनि पुरानो सिमको याद थिएन। उनले फेसबुक अकाउन्ट ब्लक गर्ने धेरै प्रयास गरिन्। तर, अकाउन्ट ह्याक गरेर अर्कैले चलाउन थालिसकेको हुनाले ब्लक गर्न सम्भव भएन। अकाउन्टमा अनेकथरी पोस्ट आउन थालेपछि प्यारामाउन्टका लिगल एड्भाइजर प्रविन सुवेदीलाई घटना सुनाइन्। वकिल सुवेदीले सो घटनालाई उजुरीको रूपमा महानगरीय प्रहरी प्रभाग टेकु पुर्‍याए।

उनलाई प्रहरीले फेसबुकमा सेक्युरिटीका लागि कुन मोबाइल नम्बर र इमेल अकाउन्ट राखेको छ भनेर सोधपुछ गर्‍यो। फेसबुकमा प्रयोग गरेको एनसेल नम्बर सात महिना अगाडि नै फालिसकेको उनले प्रहरीलाई जानकारी गराइन्। लगत्तै प्रहरीले सोही नम्बरमा फोन गर्दा केटा मान्छेले फोन उठायो। प्रहरीले उसलाई तत्काल टेकुमा उपस्थित हुन निर्देशन दियो। तर त्यो युवा टेकुमा उपस्थित भएन, बरु तुरुन्तै ह्याक गरेको फेसबुक अकाउन्ट ब्लक गरिदियो।

नेपाल दूरसञ्चार प्राधिकरणको नियमअनुसार प्रयोगकर्ताले ६ महिनासम्म सिम प्रयोग नगरे कम्पनीले आफै ब्लक गर्न पाउँछ। यसरी ब्लक गरिएको सिमकार्ड दूरसञ्चार सेवाप्रदायक कम्पनीले पुनः अर्को ग्राहकलाई प्रदान गर्छ। पीडित श्रेष्ठले ६ महिनासम्म सिमकार्ड प्रयोग नगरेपछि कम्पनीले त्यो नम्बरको सिम अर्कैलाई दिइसकेको थियो। सोही सिमको नम्बर फेसबुकमा हुँदा केटोले गलत फाइदा उठाउँदै फेसबुक ह्याक गरेर उनलाई दुःख दिइरहेको थियो।

दूरसञ्चार प्राधिकरणको नियमअनुसार प्रयोगकर्ताले ६ महिनासम्म सिम प्रयोग नगरे कम्पनीले ब्लक गर्न पाउँछ। यसरी ब्लक गरिएको सिमकार्ड दूरसञ्चार सेवाप्रदायक कम्पनीले पुनः अर्को ग्राहकलाई प्रदान गर्छन्।

‘फेसबुक अकाउन्ट ब्लक गरेपछि हा

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : १३ बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको