५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न



महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा आज साँझ सम्पन्न भएको छ ।

त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गरेको विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ । सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको उत्सव रहँदै आएको छ ।

मिथिला क्षेत्रमा रावणवध उत्सव विजया दशमीका दिन साँझपख मनाइने चलन छ । “युद्धमा श्रीरामले शारदीय दशहरा (दशमी) का दिन साँझपख रावणवध गर्नुभएको विश्वास गरिन्छ”, मटिहानी-७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण भन्छन, “यसैले मटिहानीमा बर्सेनि दशमीका दिन साँझ रावणवध लीला गरिदै आइएको छ ।” मिथिलाकी चेली सीताजीको अपहरण गर्ने रावण यसै अपराधका लागि मारिएको कुरा मैथिलका लागि उत्सव नै बन्ने गरेको कर्ण बताउँछन ।

रावणवध उत्सवका अवसरमा मटिहानी-८ तस्मैयाबाबा उद्यानमा निर्मित ५१ फिट अग्लो रावण आकृतिलाई आग्नेय वाणको प्रतीकात्मक आगोको मुस्लो हानेर भष्म गरिने लीला आज बुधबार साँझ सम्पन्न गरिएको छ । यसैगरी जलेश्वरमा पनि रावणवध उत्सव सम्पन्न गरिएको छ ।

मटिहानीमा वर्षौंदेखि विजया दशमीका दिन श्रीरामले असुर रावणको संहार (सङ्घार) गरेको सम्झनामा प्रतीकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । मिथिलामा विजया दशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई संहार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

दशहारा (दसैं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड, महिषासुर र रक्तविजसहितका दैत्यको संहार प्रतीकात्मक रहेझैं मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य संहार गरेझैं त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ ।

खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन वध गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानीबासी बताउँछन् ।

भगवान् श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका जानकार जलेश्वर-७ बखरीका बासिन्दा पूर्वप्रशासक महेश्वर राय बताउँछन । रावण वध उत्सव यस क्षेत्रको महत्वपूर्ण संस्कृति रहेको रायको कथन छ ।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको ढलेको आकृति भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पु¥याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ७ : ०९ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने