४ पुस २०८२, शुक्रबार | December 19, 2025

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन



एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ ।

अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक गर्ने कोशिश गरेका थिए । त्यसका लागि उनले पटक पटक गलत पासवर्ड हाने । त्यसपछि यस्तो स्थिति बन्यो कि फोन ४७ वर्षका लागि लक भयो ।

फोनमा हेर्दैथिए भिडियो

एक चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार यी बालककी आमाको नाम लू रहेको छ । लू भिडियो हेर्नका लागि आफ्नो फोन छोरालाई छाडेर बाहिर गएकी थिइन् ।

उनी जब घर फिरिन् तब उनको फोन २५ मिलियन मिनेटका लागि लक भइसकेको थियो । यो कारण भनेको बालकले फोनलाई अनलक गर्न लगातार गलत पासवर्ड हानेका थिए ।

यसरी हरेक पटक गलत पासवर्ड हान्दा फोन लामो समयका लागि प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ । जति चोटी गलत पासवर्ड हानिन्छ, त्यति नै पटक फोन अनलकको समय पनि लम्बिँदै जान्छ । यो समाचार साउथ कन्कान्यूजलाई उधृत गर्दै छापिएको छ ।

अब के छ विकल्प ?

जब लू सं‌घाईको एक एप्पल स्टोरमा आफ्नो समस्या लिएर पुगिन् तब त्‍यहाँ रहेका प्राविधिकले लूलाई यो फोनमा फेरि पासवर्ड हाल्नका लागि ४७ वर्ष कुर्नुपर्ने बताए । यदि पासवर्ड हान्न ४७ वर्ष नकुर्ने भएमा फोनमा रहेका सबै डाटालाई माया मार्दै फर्म्याट गरेर रि-इन्सटल गर्नुपर्ने उनले सुझाए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : १४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म