६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आँखामा जलविन्दु हुने कारण



जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ ।

परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न सक्छ । कुनै समयमा आँखामा हुने जलविन्दु थाहा नहुन पनि सक्छ । एक्कासि आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ । त्यसैले समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । आँखामा देखा पर्ने सानातिना समस्याको चाँडै उपचार गराउनुपर्छ ।

जलविन्दु हुँदा आँखाको भित्री भाग बढ्छ । स्वस्थ मानिसको आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ हुन्छ । कहिलेकाहीँ आँखाको भित्री भागमा रहेको तरल पदार्थको उत्पादन मात्रा बढी हुने हुन्छ । यस्तो वेला आँखामा प्रेसर बढ्छ । अनि बिस्तारै आँखा कमजोर हुन थाल्छ ।

आँखाको बढ्दो चापले दृष्टिसम्बन्धी स्नायु निर्माण गर्ने रेसाहरूलाई बिस्तारै बिगार्दै लैजाने गरेको पाइन्छ । हामीले जथाभावी प्रयोग गर्ने औषधिले पनि आँखामा जलविन्दु हुन सक्छ ।

कसरी बच्ने ?
जलविन्दु भएको समयमै पत्ता लाग्यो भने यसलाई केही घटाउन र दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ । आँखाको शल्यक्रिया गरेर पनि जलविन्दुको उपचार गर्न सकिन्छ । जलविन्दुको समस्याबाट छुटकारा पाउन समय–समयमा आँखा परीक्षण गराउनुपर्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : २१ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक