५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

गर्मी मौसमका अप्ठ्यारा



गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी छिन् :

घमौरा
गर्मी मौसममा जोकोहीको शरीरबाट पनि पसिना बग्ने गर्छ । यस्तो वेला सचेत नभए घमौराको समस्या निम्तिन सक्छ । त्यसैले गर्मी मौसममा सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्ने हुन्छ । किनकि, छालाबाट निस्किने पसिना भित्रै गुम्सने अवस्थामा घमौराको समस्या निम्तिन्छ ।

फंगल इन्फेक्सन
गर्मी मौसममा देखिने अर्को समस्या हो, फंगल इन्फेक्सन । गर्मी मौसममा भागदौड गर्दा शरीरबाट पसिना बग्ने गर्छ ।

यदि पसिना सफा नगरेको, नियमित ननुहाएको, कपडा परिवर्तन नगरेको अवस्थामा पसिना शरीरमै सुक्छ र फंगल इन्फेक्सन हुने सम्भावना अत्यधिक हुन्छ । फंगल इन्फेक्सन दुई प्रकारका हुन्छन् ।

एउटालाई फुस्रो दुबी भन्छौँ, जुन प्रायः छाती, घाँटीलगायतका ठाउँमा देखिन्छ । पसिना भित्रै गुम्सिएको अवस्थामा यस्तो समस्या निम्तिने गर्छ ।

अर्कोचाहिँ छालामा स–साना डल्लो नै देखिने हुन्छ, जुन काखी, शरीर र खुट्टाको छालामा देखिन्छ ।

छालामा समस्या
धेरै मानिसको गर्मी मौसममा पानीको प्रयोग गर्ने बानी हुन्छ । कहिलेकाहीँ स्विमिङ पुलमा पौडी खेल्न पनि पुग्ने गरिन्छ । यसरी स्विमिङ पुलमा जाँदा विचार पु-याउन आवश्यक हुन्छ ।

नत्र, विभिन्न प्रकारका छालासम्बन्धी रोग पनि लाग्न सक्छ । स्विमिङ पुलमा क्लोरिन प्रयोग गरिएको हुन्छ ।

जसले कपालको रङ परिवर्तन गर्ने, छाला ड्यामेज हुनेलगायतका समस्या देखिन सक्छ । त्यसैले, पौडीपछि सफा पानीले नुहाउन अनिवार्य हुन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : २२ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको