१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विप्लव समूहलाई प्रतिबन्धमात्र होइन अब नियन्त्रण पनि : प्रधानमन्त्री ओली



मोरङ – प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ ।

कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताउनुभएको हो ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा उद्योगीलाई समेत धम्क्याउने काम भएकोले लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने व्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताउनुभयो । ‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ ।’ उहाँले अंतकित गर्ने गतिविधिमा संलग्न रहेको समूहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

वार्ता समिति बनाएर पटक–पटक वार्ताको लागि आव्हान गर्दासमेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समूहको माग नै को हो भन्ने बारेमा उ आफैँ अन्यौलमा रहेको बताउनुभयो । अहिलेको गतिविधि अनुचित र असंवैधानिक रहेको ओलीको आरोप छ ।

उहाँले सिके राउतसँग भएको सहमतिको विषयलाई भने राज्य विखण्डन विरोध गतिविधि अन्त्य भएको बताउनुभयो । उहााँले भन्नुभयो, सिके राउतसँग भएको सम्झौताले विखण्डन विरोधिहरुको अन्त्य भएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेर गर्ने बारेमा कुनै पनि निर्णय नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘अपूर्ण रहेका मन्त्रालयहरुलाई पूर्णता दिने हो, मन्त्री मण्डल हेरफेर हुँदैन ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४४ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा