१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

स्वतन्त्र मधेस गठबन्धनको बैठक लहानमा सुरू, प्रहरीलाई कार्यक्रमस्थलमा रोक!



सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिराहाको लहानमा सुरू भएको छ। बैठकको शुभारम्भमा नेपाली राष्ट्रिय गान समेत गुञ्जिएको छ। त्यसपश्चात वेद वाचन पनि गरिएको छ।

लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको बैठकमा सहभागी हुनका लागि मधेसका २२ वटै जिल्लाहरूबाट परिषद् सदस्यहरू सहभागी हुँदैछन्।

मूलगेटबाटै राउतका आन्तरिक सुरक्षाकर्मीले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन्। नेपाल प्रहरीले भने मूल गेट बाहिर सुरक्षा दिइरहेका छन्।

कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जनालाई राउतका आन्तरिक सुरक्षाकर्मीले बाहिर निकालिदिएको स्रोतले बतायो।

कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यक्रर्तालाई समेत मूलगेटमै कडा सुरक्षा जाँचपछिभित्र प्रवेश दिइरहेको छ ।

गेटमै नागरिकताको प्रमाण पत्र, देखाएर सुरक्षा जाँच गराइभित्र प्रवेश गर्न दिइरहेको गठबन्धनका एक जना कार्यकर्ताले बताए।

नेपाली नागरिकता नभएका परिषद् सदस्यहरूलाई प्रवेश दिइएको छैन। सो बैठकमा घूसपैठ हुनसक्ने भन्दै मोबाइलसमेत निषेध गरिएको बताइएको छ।

‘मधेसका २२ वटै जिल्लाबाट कार्यकर्ताहरू आउँदैछन्। यस्तोमा को राउतजीको समर्थक हुन् को घूसपैठिया हुन् भन्नेमा द्विविधा हुन सक्छ त्यसैले नागरिकतासहित उपस्थित हुन अनिवार्य गरिएको छ’, उनले सेतोपाटीसँग भने।

बैठकबाट आगामी रणनीति समेत तय गरिनेछ।

सरकारसँग भएको ११ बुँदे सहमतिलाई गठबन्धनले रणनीतिक जितको रूपमा लिएको छ। जनअभिमतलाई जनमत संग्रहको रूपमा अर्थ्याउँदै आएको गठबन्धनले यसलाई रणनीतिक जित भन्दै जनतामाझ सशक्त रूपमा जाने निर्णय समेत गर्न सक्ने स्रोतले बतायो।

सोमबार बैठक सम्पन्न भएपछि सार्वजनिक गर्न मिल्ने निर्णयहरू सञ्चारकर्मीमार्फत् सार्वजनिक गर्ने गठबन्धनका सदस्य सुदीपराज कुशवाहाले बताए।

चैत ५ गत्ते मंगलबार सिके राउतको नागरिक अभिनन्दन तथा स्वागत र्‍याली लहानको शहीद चोकमा निकालिने कुशवाहाले बताए।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४७ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा