२९ भदौ २०८३, सोमबार | September 14, 2026

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग



अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्।

आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्को नाराबाजी गरेका हुन्।

१५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले आफूहरूलाई स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरूद्ध धर्ना, विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरूले आफूहरूको माग सम्बोधन नगरे सरकारविरूद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।

नेपालमा हाल करिब ४० हजार अस्थायी शिक्षक रहेका छन्। उनीहरूले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका हुन्।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५२ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा