७ चैत्र २०८२, शनिबार | March 21, 2026

दक्षिण अफ्रिकाको क्लिनस्विप



एजेन्सी – श्रीलंकाविरुद्धको पाँच खेलको वानडे क्रिकेट सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । सिरिज ५–० ले जितेको दक्षिण अफ्रिकाले शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) का आधारमा श्रीलंकालाई ४१ रनले हरायो ।

दक्षिण अफ्रिकाले दुई सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा दुई विकेट गुमाएर एक सय ३५ रन बनाउँदा खराब मौसम भएपछि खेल रोकिएको थियो । दक्षिण अफ्रिकाका लागि युवा ब्याट्सम्यान एडेन मार्करामले सर्वाधिक ६७ रन बनाए । रस्सी भान डर डुसेनले अविजित २८ कप्तान फाफ डु प्लेसिस २४ रन बनाए । बलिङमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५६ रन बनाए । प्रियमल परेराले ३३, इसुरु उडनाले ३२, एन्जिलो परेराले ३१ र ओशदा फ्रनान्डोले २२ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन, ईमरान ताहिरले र एनरोच नोर्टजले दुई दुई विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो खेलमा आठ विकेट, दोस्रो खेलमा एक सय १३ रन, तेस्रो खेलमा ७१ रन र चौथो खेलमा ६ विकेटको जित हात पारेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका