२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दक्षिण अफ्रिकाको क्लिनस्विप



एजेन्सी – श्रीलंकाविरुद्धको पाँच खेलको वानडे क्रिकेट सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । सिरिज ५–० ले जितेको दक्षिण अफ्रिकाले शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) का आधारमा श्रीलंकालाई ४१ रनले हरायो ।

दक्षिण अफ्रिकाले दुई सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा दुई विकेट गुमाएर एक सय ३५ रन बनाउँदा खराब मौसम भएपछि खेल रोकिएको थियो । दक्षिण अफ्रिकाका लागि युवा ब्याट्सम्यान एडेन मार्करामले सर्वाधिक ६७ रन बनाए । रस्सी भान डर डुसेनले अविजित २८ कप्तान फाफ डु प्लेसिस २४ रन बनाए । बलिङमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५६ रन बनाए । प्रियमल परेराले ३३, इसुरु उडनाले ३२, एन्जिलो परेराले ३१ र ओशदा फ्रनान्डोले २२ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन, ईमरान ताहिरले र एनरोच नोर्टजले दुई दुई विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो खेलमा आठ विकेट, दोस्रो खेलमा एक सय १३ रन, तेस्रो खेलमा ७१ रन र चौथो खेलमा ६ विकेटको जित हात पारेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष