११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड



एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड परेको छ ।

शुक्रबार साँझ गरिएको ड्र अनुसार बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युनाइटेडले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई पन्छाएको थियो ।

यसैगरी इटालियन क्लब युभेन्टसले डच क्लब अजाक्सको सामना गर्नेछ । अजाक्स साविक विजेता रियल म्याड्रिडलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो । लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्तोसँग खेल्नेछ । लिभरपुलले जर्मन च्याम्पियन बायर्न म्युनिख र पोर्तोले एएस रोमालाई हराएको थियो ।

अर्को खेलमा दुई इङ्लिस टोली टोट्टनहाम र म्यानचेस्टर सिटी भिड्नेछन् । सुक्रबारनै सेमिफाइनलको ड्र पनि सार्वजनिक भएको छ । टोट्टनहाम र म्यानचेस्टर सिटीको विजेताले अजाक्स र युभेन्टसको विजेतासँग खेल्नेछ । बार्सिलोना र युनाइटेडबीचको विजेताले लिभरपुल र पोर्तोको विजेतासँग फाइनल प्रवेशका प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०८ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि