५ श्रावण २०८३, मंगलबार | July 21, 2026

हेटौंडा बसपार्कबाट लागूऔषधसहित बोगटी पक्राउ



हेटौंडा– आज शनिवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।

हेटौंडा बसपार्कस्थित सडकमा बीरगञ्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५६७३ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा लमजुङ्ग राईनास नगरपालिका वडा नं. ३ बस्ने बर्ष १९ को शिशिर बोगटी पक्राउ परेका हुन् ।

बोगटीको साथबाट आफ्नै पेट र ढाडको भागमा कागजमा राखेर टेपले टाल्दै लुकाईछिपाई ल्याएको लागू औषध डाईजेल्याब–३६ एम्पुल, ब्यूनोर्फिन–३६ एम्पुल र फेनारगन–३६ एम्पुल फेलापारी बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटट्राईले जानकारी दिए ।

उल्लेखित समानहरुसहित बोगटीलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : १० बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको