२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

पाथिभरा हेलिकोप्टर दुर्घटनाको अन्तिम रिपोर्ट सार्वजनिक, यस्तो छ कारण



काठमाडौं । १५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सेवा प्रदायक कम्पनीबाट समेत विशिष्ट व्यक्ति (भीआईपी) उडान प्रक्रिया तय नहुँदा हेलिकप्टरको आफूखुसी उडान गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिका कारण पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको पाइएको छ । नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर विशिष्ट व्यक्तिको उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।

दुर्घटनापछि सरकारले छानविन आयोग गठन गरेको थियो । आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदनमा पाइलट वा हिमआँधीका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको उल्लेख छ ।

पाथिभरा जाने सूचना काठमाडौं टावरलाई थिएन

काठमाडौंबाट उडेको एयर डाइनेष्टी हेलि सर्भिसको (एनएएमआई हेलिकप्टरको उडान काठमाडौं–तेह्रथुम–काठमाडौंका लागि निर्धारित थियो । यसको जानकारी काठमाडौं टावरसँग थियो । त्यहीअनुसार हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।

तर, दुर्घटना पाथिभरामा भएको छ । त्यस विषयमा आयोगले भीआईपी उडानको प्रक्रिया आवश्यक रहेको देखाएको हो । भीआइपी उडानको प्रक्रिया भएको भए जति सुकै ठूलो मान्छेले आग्रह गरेको भएपनि हेलिकप्टर पूर्वनिर्धारित प्रक्रिया र रुटभन्दा बाहिर गएर उड्न सक्ने थिएन । हेलिकप्टरमा एयर डाइनेस्टीका मालिक आङछिरिङ शेर्पासमेत सवार थिए ।

छानविन आयोगका संयोजक यज्ञप्रसाद गौतमका अनुसार तेह्रथुमबाट पाथिभरा जाने योजना कहाँ कसरी बन्यो भन्ने पुष्टी हुन सकेको छैन ।

‘काठमाडौंबाट तेह्रथुम पुगेर काठमाडौं नै फर्कने योजनाअनुसार उडेको हेलिकप्टर कसरी पाथिभरा जाने योजना कसरी बन्यो, त्यसको पुष्टी हुने आधार देखिएन,’

अगाडिको सीटमा दुई जना राख्दा असुरक्षित

एयरबस हेलिकप्टरले निर्माण गरेको यो हेलिकप्टरको स्टान्डर्ड क्षमता ६ सीट हो । तर, आवश्यक परेको बेला हेलिकप्टरले ७ जनासम्म बोक्ने सक्ने स्पष्ट उल्लेख गरेको छ । १० हजार फिटभन्दा तलको उचाइमा उड्दा हेलिकप्टरले सजिलै पूरा लोड थाम्न सक्थ्यो । तर, पाथिभराको उचाइमा यो लोड अधिक थियो । लोडकै कारण दुर्घटनामा पर्‍यो भन्न नसकिए पनि त्यसले उडानमा कतै प्रभाव पार्‍यो की भन्ने आंशका प्रतिवेदनले उठाएको छ ।

त्यसमाथि हेलिकप्टरको अगाडिको सीटमा बढी वेट भएका व्यक्ति बस्दा त्यसले एक त पाइलटलाई उडानमा असर गर्छ । अर्कोतर्फ हेलिकप्टरमा इन्धन बोक्ने ट्यांकी पछाडि हुन्छ । जब हेलिकप्टर बढी समय उडिसक्छ र इन्धन खपत हुन्छ, त्यसपछि पछाडिको तौल कम हुन थाल्छ । यस्तो अवस्थामा अगाडि बढी तौल र पछाडि हलुका हुने अवस्थामा समेत हेलिकप्टरको सन्तुलन बिग्रन जान्छ ।

प्राधिकरणले उच्च हिमाली भेग र पहाडमा उड्ने हेलिकप्टरमा अगाडि दुई जना राख्न सक्ने गरी अनुमति दिँदा त्यसले दुर्घटनाको जोखिम निम्याउने आयोगको भनाइ छ । यसमा पुनर्विचार गर्न आयोगको सिफारिससमेत रहेको छ ।

हतार–हतारमा टेकअफ

सामान्यतया पाइलटले इन्जिन स्टार्ट गरेको केही मिनेटसम्म टेकअफ गर्दैनन् । तर, पाथिभरास्थित हेलिप्याडमा करीव ४५ मिनेट रोकिएको हेलिकप्टरको इन्जिन स्टार्ट भएको एक मिनेटभित्रै उडेको थियो ।

उड्नासाथ शक्तिशाली हिमआँधीको शिकार हेलिकप्टर बन्न पुगेको देखिएको छ । त्यसकारण केही मिनेट इन्जिन स्टार्ट गरी त्यसपछि मात्र उड्नुपर्नेमा हतार–हतार उडेको पाइएको छ । बिग्रिएको मौसमबाट बच्न पाइलटले हतार–हतार उडाए पनि उनको यो निर्णय गलत बनिदिएको छ ।

पाथिभरामा पाइलटलाई दवाव थिएन

आयोगका अनुसार पाथिभरामा करीव ४५ मिनेट रोकिएको हेलिकप्टर उडाइहाल्न त्यहाँ अन्य यात्रु तथा माध्यमबाट दबाब दिइएको थिएन । पाइलट आफैंले मौसमको आंकलन गरी हेलिकप्टर उडाउने निर्णय लिएका थिए । सामान्यतया हेलिकप्टरबाट सीधै पाथिभरा जानेहरुका लागि यहाँ हाइअल्टिच्युडको खतरा हुन्छ । कतै उनी पनि यस समस्याबाट आत्तिएका थिए की भन्ने आंशका आयोगले गरेको छ ।

४५ मिनेटसम्म बस्दा मानिसको शरीर स्वस्थ रहेपनि अक्सिजनको कमीले मस्तिष्कमा केही प्रभाव पारेको हुन सक्ने आंकलन गरिएको छ । यस्तो अवस्थामा मानिसले कठिन परिस्थितिमा जुन सुझबुझसहित निर्णय लिन सक्नुपर्ने थियो, त्यो लिन नसक्ने आयोगको भनाइ छ । युवा पाइलट अविवाहित थिए । घरमा कुनै पारिवारिक तनावसमेत नरहेका कारण पाइलटले जानजान कुनै गल्ती गरेको प्रमाण भने भेटिएको छैन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ०४ बजे

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ