७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवलले बनायो ‘पाँच वर्षे शैक्षिक योजना’



बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक विकासका लागि पञ्चवर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गुमादेवी आचार्यले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको शैक्षिक योजना सार्वजनिक गर्नुभएको हो ।

सोमबार शैक्षिक योजना सार्वजनिक गर्दै नगरप्रमुख सुवेदीले नगरको शैक्षिक विकास र शिक्षामा गुणस्तरीयता कायम गर्न तथा सीपमुलक, ब्यवसायिक र ब्यवहारीक शिक्षालाई जोड दिनका लागि योजना ल्याईएको बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदलाई कम गर्न तथा शिक्षालयको गुणस्तरीयता कायम गर्न योजना फलदायी हुने उहाँ बताउनुहुन्छ । सबैका लागि सर्वशुलभ शिक्षाको अवधारणालाई पुरा गर्नका लागि योजना बनाइएको सुवेदीको भनाई छ ।

विज्ञहरुको टोली बनाएरै योजना ल्याएको दावी गर्दै उहाँले अझै योजना पुर्ण नभएको र पुर्णताका लागि रायसुझावहरु लिने क्रम पनि जारी रहेको बताउनुभयो । समृद्ध बुटवल, सुखी जनताको लक्ष्य हासिल गर्ने गरी बुटवलले आवधिक र दीर्घकालीन महत्त्वका योजना तय गरेको उल्लेख गर्दै सहकार्यका साथ कार्यान्वयन गरिने सुवेदी बनाउनुहुन्छ ।

उहाँले शिक्षा योजना तयार पार्ने क्रममा सरिक भएका विभिन्न विषयका विज्ञ, प्राविधिक, शिक्षासँग सरोकारवाला लगायत सबैलाई धन्यवाद दिदै कार्यान्वयनमा पनि सबैको सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभयो । सबैका लागि निःशुल्क तथा अनिर्वाय शिक्षासँगै सबै बालबालिकाहरुलाई सिकाईका सबै अवसरहरु उपलब्ध गराउनका लागि शैक्षिक योजना निर्माण गरिएको नगरपालिकाले बताएको छ । अगामी ५ वर्षभित्र प्रत्येक समुदायका सबै बालबालिकाहरु विभेदरहीत किसिमले समग्र पहिचान सहित शिक्षालयको पहुँचमा पुग्ने विषयलाई शैक्षिक योजनाले समेटेको नगर शिक्षा योजना निर्माण कार्यदलका संयोजक छवी नेपालले बताउनुभयो ।

उहाँभन्नुहुन्छ– ‘संख्यात्मक हिसावले मात्र होईन गुणस्तरीय शिक्षा प्रदान गर्न सबै भौतिक पुर्वाधार तथा ब्यवस्थाको यथार्त पहिचान गर्ने योजनाले लक्ष्य बोकेको छ ।’ नगर शिक्षा योजनालाई ७ खण्डमा विभाजन गरेर नीतिगत कुराहरु समाबेश गरिएको उहाँले जानकारी दिनुभयो । नेपालका अनुसार योजनामा नगरपालिकाको शैक्षिक अवस्थाका बारेमा अनुगमन र सुपरिवेक्षण, प्रारम्भिक बालशिक्षा र त्यसको ब्यवस्थापन, राष्ट्रिय शिक्षा नीति अनुसारको ब्यवस्थापन, आधारभुत शिक्षा र त्यसको ब्यवस्थापन, माध्यमिक शिक्षाको ब्यवस्था, अनौपचारीक शिक्षा, शिक्षक र कर्मचारी ब्यवस्थापन, सुपरिवेक्षण र मुल्याङ्कन लगायतका विषयलाई योजनामा समेटिएको छ ।

शैक्षिक योजनाले अवसर र चुनौती दुबै बोकेकाले योजनाको पुर्णताका लागि सरोकारवालासँग छलफललाई जारी राखिएको नेपालको भनाई छ । ‘‘योजना अनुसार सबै शिक्षालयहरु मन्टेश्वरी मोडेलमा जाने, आधारभुतलाई अनिवार्य शिक्षा बनाईने, कक्षा १ देखि ८ सम्म सूचना सञ्चारमैत्री बनाईने, विद्यालयलाई भय, त्रास र हिंसामुक्त तथा विद्यार्थी सुरक्षित छन् भन्ने वातावरण अभिभावकलाई दिने जस्ता कुरालाई योजनाले बोकेको छ ।, – शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल भन्नुहुन्छ ।’’ उहाँले अव नगरपालिकामा अध्ययन गर्ने आठ कक्षा पास गरेका विद्यार्थीहरु गाईडका रुपमा स्थापित हुन सक्ने योजनाले बनाउने दावी गर्नुभयो ।

उहाँ अगाडिभन्नुहुन्छ–‘ प्राविधिक शिक्षालाई थप ब्यवस्थित गर्दै ९–१२ कक्षालाई प्राविधिक शिक्षाका रुपमा लैजाने, नक्शांकनका आधारमा विद्यालय खोल्ने र समायोजन गर्ने लगायतलाई योजनामा समेटिएको छ ।’ शिक्षा महाशाखा प्रमुख खनालले नगरको शिक्षा विकासका लागि २५ करोड बजेट भएकाले शैक्षिक योजना सफल हुनेमा कुनै शंखा नभएको ठोकुवा गर्नुहुन्छ । तथापि योजना निर्माण कार्यदलका संयोजक नेपालले शैक्षिक योजना भने जस्तो र सोचे जस्तो बन्न नसकेको स्वीकार्नुहुन्छ ।

नगरको वर्तमान शैक्षिक अवस्था ९साक्षर, शिक्षित र निरक्षर० पत्ता लगाउने, शैक्षिक गुणस्तरलाई मापन योग्य बनाउने, विद्यालयलाई वाल, महिला र अपाङ्ग मैत्रीबनाउन पूर्वाधार तैयार गर्नेसमेत योजनाको लक्ष्य छ । यस्तै विद्यालयमा समावेशिकरणलाई उच्च प्राथमिकता दिंदै शैक्षिक तथ्यांकलाईभरपर्दो र विश्वासिलो बनाउने, समुदायमैत्रि शिक्षण संस्थाको विकास गर्ने तथा व्यवासायिक सीपयुक्त तथा प्राविधिक शिक्षाको व्यवस्था गर्ने योजनाले लक्ष्य लिएको छ ।

यस्तै विद्यालय छाड्ने दरमा कमि ल्याउँदै पूर्णतया रोक्ने, विद्यार्थीको उत्तीर्ण दरमा वृद्धि गर्ने, परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने तथा शिक्षक व्यवस्थापनमा सुधार गर्दै विद्यालय व्यवस्थापन, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति दिने योजनाको लक्ष्य रहेको उपहानगरले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल