८ बैशाख २०८१, शनिबार | April 20, 2024

यस्ता देउता, जसलाई सर्वसाधारणले हेर्नहुँदैन !



पाल्पा । पाल्पा- रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, सामाजिक–सांस्कृतिक एवं धार्मिक हिसाबले महत्व बोकेको पाल्पा भैरव धार्मिक आस्थाको केन्द्रका साथै पर्यटकलाई आकर्षित गर्न समेत सफल भएको हो ।

धार्मिक आस्था बोकेका मानिसहरु मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकारा गर्छन् । हिन्दू धर्मप्रति आस्थावान्, ऐतिहासिक महत्व खोज अनुसन्धान गर्न कै लागि मन्दिरमा टहलिँदा पर्यटक लोभिन्छन् । भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीका अनुसार दैनिक एक हजार भक्तजनले मन्दिरमा दर्शन गर्दै आएको बताउनुभयो । उहाले मन्दिरमा दर्शन तथा भम्रणका टोलीले मन्दिर क्षेत्रमा बिहानैदेखि चहलपहल हुने बताउनुभयो । पर्यटकको चहलपहलका कारण मन्दिरमा आम्दानीको स्रोतसमेत बढ्दो छ । अध्यक्ष अधिकारीले गत आव २०७५-०७६ सालमा ८५ लाख रुपैयाँ मन्दिरमा आम्दानी भएको बताउनुभयो ।

नेपाल एकीकरणका बेला पाल्पा शक्तिशाली राज्य हो । शक्तिशाली सेन राजाको राज्य रहेकोले पनि यस भूमिको ऐतिहासिक महत्व अझै पनि प्रशस्त छ । ऐतिहासिक महत्वको खोज अनुसन्धानका लागि स्वदेशी मात्र होइन विदेशीहरु पाल्पा भैरव मन्दिर क्षेत्रमा टहलिछन् ।

समितिका सचिव नवराज ज्ञवालीका अनुसार गतवर्ष लाखौ आन्तरिक पर्यटक मन्दिरमा भ्रमण एवं दर्शन गर्न आएको बताउनुभयो । सचिव ज्ञवालीले नेपालीसँग झण्डै तीन हजार विदेशी पर्यटक मन्दिरमा आएको बताउनुभयो । विदेशीहरु चिनियाँ, बेलायती, अमेरिकी, रसियन, भियतनामीलगायतका नागरिक मन्दिरमा अनुसन्धान र अवलोकनका लागि आउने गरेको सचिवको ज्ञवालीको भनाइ थियो । भारतबाट वार्षिक ६०० देखि एक हजार हाराहारीमा पर्यटक मन्दिरमा पूजा गर्न आउने गर्छन् ।

पाल्पा भैरव पहिला पहिला धार्मिक आस्थाको केन्द्रको रुपमा मात्र सीमित थियो । तर, धार्मिक तथा ऐतिहासिक रुपमा यसको चर्चा र महत्व बाहिरिएपछि पर्यटकीय गन्तव्यको रुपमा बदलिएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास भएसँगै सरकारले सुरक्षा चासो बढाएको छ । पाल्पा भैरव मन्दिरका लागि एक प्रहरीको व्यवस्थासमेत गरिएको छ । मन्दिर क्षेत्रमा मानवीय रुपमा सम्भावित जोखिमको न्यूनीकरणका लागि सीसीटीभी जडान गरिएको छ । तानसेनदेखि करिब १० किलोमिटर पश्चिममा भैरव मन्दिर छ । तानसेन हार्थोक सडकखण्डअन्तर्गत भैरवस्थानमा मन्दिर पर्छ । पाल्पा तानसेनदेखि भैरवस्थानसम्म यातायातको सहज व्यवस्था छ ।

एकिकरणपूर्व चौबिसे राज्यमध्ये पाल्पा पनि एक थियो । सेन वंशका राजा मुकुन्द्र सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वमा काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौँ खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ ।
भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ । मन्दिरमा भाक्कल पूजा, क्षमापूजा, पञ्चबलि पूजा हुन्छ। यहाँ प्रसादको रुपमा चढाइने रोटको विशेष महत्व हुन्छ ।
नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रुपमा मानिन्छ । सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । पाल्पा भैरव मन्दिर टाकुरामा अवस्थित छ । यो टाकुरो एक हजार ४७० मिटर उचाइमा अवस्थित छ । हाल मन्दिरको परिसरले ११ रोपनी चार आना तीन दाम क्षेत्रफल ओगटेको छ ।
मन्दिरमा अहिले दश बाह्र स्थायी कर्मचारी र दैनिक ज्यालादारीका रुपमा ४०-५० ले रोजगारी पाएका छन् । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजागर सिर्जना हुँदै आएको सचिव ज्ञवालीको दाबी छ ।

म–छि–या–न्द्रा ना–थाँ लेखिएको ऐतिहासिक झ्याली पाल्पाली सेन राजा मुकुन्द्र सेनले भैरवमूर्तिसँग झ्याली पनि ल्याएको तर्क एउटा समूहको छ । अर्को अनौठो जनविश्वास पनि झ्यालीसँग जोडिएको छ । हालको पूर्णकोटको डाँडामा झ्याली आकाशबाट खसेको भन्ने जनविश्वास छ । करिब १४ इन्चको वृत्तको एउटा काँसको झयाली छ । झयालीको एकपाखा फुटेकोले बाँधेर आकार कायम गरिएको छ ।

झ्यालीको मध्य भागको प्वालको घेरामा गोलाकार गरी छ वटा पुष्पपत्रहरु कुँदिएको छ । पुष्पपत्रमा एक एक अक्षर म–छि–या–न्द्रा ना–थाँ लेखिएको ऐतिहासिक झ्याली छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको