२० आश्विन २०८३, मंगलबार | October 7, 2026

कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्यो : अमेरिकी वैज्ञानिकले गरे यस्तो दाबी



काठमाडौ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ ।

सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय १५ पुगेको छ ।  चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते