६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा



काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आएको चलचित्रले सुरुवातमै ठूलो संख्यामा शो पाएको छ भने कतिपय शो अग्रिम बुकिङमै हाउसफुल भएका छन् ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । यही सफलताको निरन्तरताको अपेक्षासहित प्रदर्शनमा आएको पाँचौँ शृंखलाले पनि राम्रो व्यापार गर्ने संकेत अग्रिम बुकिङले दिएको छ । चलचित्रका कलाकारहरूले प्रदर्शनको अघिल्लो दिन नै ६० भन्दा बढी शो हाउसफुल भएको दाबी गर्दै त्यसका स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङको लगानी छ। चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

सञ्जय लामाले छायांकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ७ : ०२ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार