१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

काठमाडौंको मुख्य पर्यटकिय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनसान कारण यस्तो



काठमाडौ ।  भ्रमण बर्ष २०२० मुलुकमा संचालनमा छ । २० लाख पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको दावी रहेको थियो ।

तर, भ्रमणवर्षको कमजोर पूर्वाधार एकातिर छंदैथियो, अर्कोतिर विश्वभर महामारी बन्दै गरेको कोरोना भाइरसको प्रभाव देखिएको छ, नेपालको पर्यटन उद्योगमा पनि । काठमाडौंको मुख्य पर्यकीय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनासा जस्तै छ ।

सन् २०२० नेपालको पर्यटन बजारका लागि उत्सवमय वर्ष हो । सरकारले एकवर्ष अघिदेखि २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । भ्रमण बर्षमा कम्तिमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको थियो । तर, जसै, भ्रमण वर्षको सुरु भयो, भ्रमण वर्षलाई प्रभावित बनाउने गरी एकपछि अर्को घटना भए ।

घटना नेपालमा मात्र होइन, विश्वभर देखियो । ठूलो आशाका साथ सुरु भएको भ्रमण वर्षको पहिलो दुई महिनामै नेपाललाई ठेस लागेको छ । काठमाडौंको ठमेल पर्यटकका लागि मुख्य गन्तव्य हो । ठमेर बजार मुख्य पर्यटकीय मौसममा पनि सुनसान जस्तै छ । ठमेलका अधिकांश रेष्टुरेन्ट, होटल, पर्यटककेन्द्रित पसलहरु सुनसान यतिबेला छन ।

विगतका वर्षमा यस समयमा ठमेलका सबै रेस्टुरेन्ट बार भरिभराउ हुन्थ्थे । यस वर्ष भने पर्यटकको संख्या संख्यात्मक रुपमा घटेको छ । पर्यटकको संख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुरेन्ट खाली छन् ।

पर्यटन बजारलाई नराम्रोसंग प्रभावित बनाउने कारण बनेको छ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस । चीनबाट सुरुभएको कोरोना भाइरसले विश्वलाई प्रभावित बनाएको छ । चिनिया पर्यटकहरु विश्वभ्रमणमा रोकिंदा मात्र गत जनवरीमा मात्र विश्व पर्यटन उद्योगमा झण्डै ८३ खर्ब भन्दा बढीको क्षति भैसकेको छ । नेपालको मुख्य भर भनेको पनि चिनिया पर्यटकहरु नै थिए । कोरोना प्रभाव फैलिएसंगै चिनिया पर्यटकहरु नआउंदा यसको असर ठमेल र यस्तै नेपाली पर्यटन बजारमा परेको छ । यस्तै, अत्यावश्यक पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकभित्रै सिर्जित विभिन्न घटनाका कारण पनि पर्यटकीय आवागमन कम भएको व्यवसायीहरु बताउंछन् ।

खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक नेपाल आउने गर्छन । नेपाल आएका ९० प्रतिशत पर्यटक ठमेल जाने गरेका छन । तर, पर्यटनको मौसम सुरु हुंदा समेत पर्यटक नबढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन ।

त्यसो त, ठमेललाई पर्यटकीय क्षेत्रकै रुपमा जोगाउने चिन्ता पनि उत्तिकै छ । सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने बताउनुहुन्छ, लोकल गाईड एसोशीएसन अफ ठमेलको संस्थापक अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी उमेश कार्की ।

ठमेल पर्यटन विकास परिषद्का सचिव वद्रिप्रसाद तिम्सीनाले भने मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल घटेकाले व्यापार सन्तोषजनक नरहेको गुनासो गर्नुभयो । जसका कारण, कोठाभाडा समेत तिर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । मुख्य पर्यटकीय स्थानमा पर्यटकको संख्या घटेसंगै भ्रमण वर्षमा सरकारले लिएको लक्ष्य अनुसार पर्यटकहरुको आगमन नहुने पो हो कि भन्ने आशंका व्यक्तगर्नु भएको छ तिम्सिनाले ।

ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी छन । ठमेलमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाख बढिले रोजगारी पाएका छन । भ्रमण वर्षको शुरुवातमै पर्यटक घटेसंगै समग्र पर्यटन व्यावसाय र यससंग आवद्ध निकायलाई असर पर्ने देखिन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : २४ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका