६ बैशाख २०८१, बिहिबार | April 19, 2024

किन जल्दै छ दिल्ली : नागरिकता ऐन विरोध र समर्थन हिंसा प्रतिहिंसामा परिणत



काठमाडौ । छिमेकी मुलुक भारतमा नागरिकता ऐन संशोधन कार्यान्वयनको विषयले शक्तिशाली मोदी सरकारको अग्निपरीक्षा लिइरहेको छ । भारतीय जनता पार्टीले चुनावी नारा बनाएको यो विषय कार्यान्वयनको चरणमा आउँदा नै देशव्यापी विरोध र ध्रुबीकरण सुरु भएको छ । विरोध र समर्थन हिंसा प्रतिहिंसामा परिणत भएको छ । राजधानी दिल्ली हिंसाको रापले जलेको छ ।

छिमेकी भारतको राजधानी दिल्ली यतिबेला जलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा नयां दिल्ली शान्त देखिए पनि यमुना पारको पूर्वी दिल्लीमा भने हिंसा भड्किएको थियो । तर, यो हिंसा ट्रम्पसंग सम्बन्धित थिएन, यो हिंसा त विवादित नागरिकता संशोधन कानुन सीएएलाई लिएर भएको थियो ।

भारतको संसदबाट पारित सीएए कानुनको विरोधमा भारतीय अल्पसंख्यक मुस्लिम समुदाय, भारतीय विपक्षी दलहरु, बुद्धिजीविहरुले निरन्तर विरोध गर्दै आएका छन् । विपक्षीहरुले सीएए संविधान विरोधी भन्दै विरोध गरिरहेका छन् । सीएए कानुनले धार्मिक रुपमा विभेद गरेको भन्दै विपक्षीहरुले सत्तारुढ भाजपा र मोदी सरकार विरुद्ध देशभर आन्दोलन गरिहेका छन् । यद्यपी, आन्दोलनको केन्द्र यतिबेला राजधानी दिल्ली नै भएको छ ।

दिल्लीको साहिनवाग क्षेत्रमा ७० दिनदेखि भारतीय महिलाहरु मोर्चा कसेर बसेका छन् । सीएए खारेजी विरुद्ध पूर्वी दिल्लीको जाफरवाद, भजनपुरा क्षेत्रमा गत आइतबारदेखि सुरु भएको सरकारविरोधी आन्दोलन विरुद्ध भाजपा र राष्ट्रिय स्वयं सेवक संघका कार्यकर्ताहरु सडकमा उत्रिएपछि दुईपक्षीय भिडन्त भएको छ । बुधबारसम्म २० जना भन्दा बढीको मृत्यु भैसकेको छ । सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । गुण्डागर्दी र आगजनीबाट दशौं करोडको भौतिक क्षति भएको छ । उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य रहेका क्षेत्रहरूमा हिंसात्मक प्रदर्शन भैरहेको छ ।

लाठी र ढुंगा बोकेका भिडले कुटपिट गर्दै एक अर्को समुदायविरुद्ध नारा लगाएका छन्  । नागरिकता सम्वन्धि आन्दोलनको समर्थन र विरोधल साम्प्रदायिक हिंसाको स्वरूप लिन थालेपछि मात्रै दिल्ली पुलिसले निकै ढिलो गरी आक्रमणकारीमाथि कारवाहीको आदेश पाएको छ । आक्रमणकारीले सञ्चारकर्मीमाथि पनि हमला गरेका छन् । दंगाको फोटो भिडियो नखिच्न चेतावनी दिएका छन् । हिंसा भड्काएको भन्दै दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन ।

उदेकलाग्दो विषय त यो छ कि, दुई तिहाई बहुमतको शक्तिशाली मोदी सरकार, बीजेपी र आरएसएसले आफ्ना विरोधीहरुलाई कि त पाकिस्तानको बिल्ला भिराउँछ, कि अराष्ट्रवादी तत्वको आरोप लगाउंछ, कि शहरी नक्सलको नाममा दमन गर्न राज्यका सुरक्षा निकायलाई दबाब दिन्छ । यो आरोप हामीले लगाएका हैनौं, भारतीय विपक्षी दल बुद्धिजीविहरुले नै लगाएका हुन् । तथ्यहरुबाट बीजेपी सरकार विपक्षीहरुप्रति निरन्तर कु्रर बन्दै गएको विश्लेषण गर्न सकिन्छ ।

जाफरावादमा सीएए विरुद्धको आन्दोलनलाई बिथोल्न बीजेपीका नेता कपिल मिश्राले भड्काउ भाषण गरेपछि सबैभन्दा बढी हिंसा फैलिएको छ । त्यसो त, बीजेपीका कैयौं नेता मात्र होइन, मोदी सरकारका मन्त्रीहरुले नै सीएए विरोधीहरुलाई गोली हानी मार्नका लागि खुल्लमखुल्ला भड्काउ भाषण गरिसकेका छन् । त्यसैको परिणामस्वरुप जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमाथि बीजेपी समर्थक युवाले दिल्ली प्रहरीकै सामुन्ने गोली हानेका छन् । साहिनवागका मुस्लिम महिला आन्दोलनकारीमाथि गोली प्रहारको घटना भैसकेको छ । जाफरावाद, भजनपुरा क्षेत्रमा सीएएको समर्थकहरुले सीएए विरोधीहरुमाथि छानिछानी आक्रमण गरेका छन् ।
सन् २०१४ मा मोदीको पहिलो शासन युग सुरु भएयता अल्पसंख्यक समुदाय विरोधी हिंसा सामान्य बन्न थालेको थियो । अहिले मोदीको दोस्रो इनिङमा अल्पसंख्यक सिध्याउने अभियानै चलेको जस्तो दृश्य देखिन थालेका छन् ।

दक्षिणपन्थी उग्रराष्ट्रवादले उन्मत्त भाजपाले आफ्नो विचारधारअनुसार भारतमा हिन्दु नियन्त्रित राज्य बनाउन चाहन्छ । तर, भाजपाले भारतलाई हिन्दु गणतन्त्र बनाउने मुद्दालाई अघि बढाउन भने सक्दैन । भारतीय संविधानले धर्म निरपेक्षताको वकालत गर्छ । भारतमा अल्पसंख्यक धार्मिक सम्प्रदाय एवं दलितमाथि हुने दमनले भारतीय सांस्कृतिक चेतना कतिसम्म निर्मम बन्दै गएको छ भन्ने प्रष्ट पार्छ । शक्तिको उन्मादले इन्दिरा गान्धीको अवसान भयो ।

शक्तिको उन्मादले विश्वकै राजनेता बन्ने चरम महत्वकांक्षा बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक साखलाई क्षयिकरण गर्ने पक्का छ । हङकङमा ६ महिनासम्म लगातार प्रदर्शन भइरहँदा जम्मा दुई जनाको ज्यान गयो । हङ्कङ पुलिसले अत्यधिक संयम अपनाएको थियो । तर दिल्लीमा दिल्ली पुलिस विपक्षीलाई ठेगान लगाउने सत्ताधारीको हतियार बनेको छ । जवाहरलाल विश्वविद्यालय र जामियाको लाइब्रेरीमा दिल्ली पुलिसको आतंक विश्वले रेकर्ड गरेर राखेको छ । यतिबेला मोदीको भारत जलिरहेको छ र यसपटक जलिरहेको भारत देखाउन कुनै दक्षिण भारतीय सिनेमाको आवश्यकता छैन । जे भैरहेको छ, प्रत्यक्ष लाइभ भैरहेको छ ।

बीजेपी र मोदी सरकारले उठाइरहेको यो जोखिमले पूरै भारत मात्र होइन, दक्षिण एसिया नै प्रभावित हुन्छ । भारतमा हिंसाको संस्कृति बढ्दै जांदा आधुनिक इतिहासकै ठूलो मानवीय संकट समेत पैदा हुन सक्छ ? के भारतले समयमै देशभित्र सल्केको आगोलाई निभाउन सक्छ ?

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : ०४ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी