८ बैशाख २०८३, मंगलबार | April 21, 2026

किसानलाई शुलभ कर्जा तथा ब्याज अनुदानका लागि कृषि मन्त्रालय र कृषि बिकास बैक बिच हस्ताक्षर



बुटवल । प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको अनुदान कार्यान्वयन हुने बिश्वास गरिएको छ । प्रदेश ५ कृषि भुमि ब्यवस्था मन्त्रालयले कृषि क्षेत्रको ब्यवसायीकरण एवंम आधुनिकरणका लागि ब्यवसायीक कृषकहरुलाई सहुलियतपूर्ण कृषि ऋण तथा ऋणको ब्याजमा अनुदान उपलब्ध गराई सहज बित्तयि पुंजीबाट लगानी बृद्दी गर्ने उद्देश्यले कृषि बिकास बैंक र मन्त्रालयका बिच सम्झौता पत्रमा हस्तामक्षर गरिएको हस्ताक्षर गरिएको समझौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता भए पछि मन्त्रालयले तयार पारेको शुलभ कर्जा सहजीकरण तथा ब्याज अनुदान कार्यक्रम संचालन कार्यबिधी बनाई कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले हस्ताक्षर गरि पछि सेलाउने र सम्झौता कार्यान्वयनमा अलमल नगरिने प्रतिबद्धता ब्यक्त गनुभयो ।

कार्यक्रममा बोल्दै कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले मन्त्रालय र बैंक बिच भएको सम्झौता कायान्वयन हुन सके कृषि क्षेत्रले धेरै प्रगति गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।
सम्झौतापत्रमा बैकको तर्फबाट भैरहवा शाखाका कर्जा प्रमुख चन्द्रसिंह थापा र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव तेजबहादुर सुबेदीले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा आजै प्रदेश कृषि मन्त्रालय र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुर तथा कृषि तथा बन बिज्ञान क्याम्पस पक्लीहवाका बिच छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सझौतापत्रका अनुसार सम्झौता कार्यान्वयन भए लगत्तै किसान तथा कृषिमा आधारित उद्योगी ब्यवसायले धितो वा बिना धितो सहलियत ब्याजदरमा ऋण पाउने छन् । ब्यवसाय र परियोजनालाई आधार मानेर बैंकले ऋण लगानी गर्नेछ भने मन्त्रालयले त्यस्ता किसानहरु प्हिचानगरि लगानीका लागि सिफारिस गर्ने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ११ : ४५ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई