२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

नाकाबन्दी भएको बेला चुप बस्नेहरु अहिले केक राष्ट्रवादी : प्रधानमन्त्री ओली



काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले विरोध गर्ने केही विषय नपाएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको बताउनुभयो ।

उहाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको र आफ्नो जन्मदिन पनि त्यही बेला मनाएको बताउनुभयो । तर विजुली धारा पुगेको नदेख्नेहरुले धुमधामसँग जन्मदिन मनाएको भनेर आलोचना गरेको उहाले भन्नुभयो । आफूले नाच्न पनि नभनेको र केक ल्याउन पनि नभनेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘मैले त हेर्दा पनि हेरिनँ, कति केक ल्याए र लगे ।’

नेपालको नक्सा अंकित केक काटेको भन्दै भएको आलोचनालाई उहाले केक राष्ट्रवादको संज्ञा दिनुभयो । मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उहाले भन्नुभयो ‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ५६ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ