१५ बैशाख २०८१, शनिबार | April 27, 2024

दृष्टीकोण होईन सूचना सम्प्रेसण गरौ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीले सूचना सम्प्रेशणको नाममा व्यक्तिगत दृष्टिकोण सम्प्रेशण नगर्न आग्रह गर्नुभएको छ । समाचार सामग्री तैयार गर्दा सञ्चारकर्मीले आफ्नो दृष्टीकोणबाट मूक्त भई सूचनामात्रै सम्प्रेशण गर्न उहाको आग्रह थियो ।
सिद्यार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित दैनिक लुम्बिनी पत्रिकाको ३२ औं बार्षिकोत्सवमा बुटवलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीको जिम्वेवारी नागरिकलाई आफ्नो दृष्टीकोण बनाउन सहयोग गर्नुमात्रै भएको बताउनुुुभयो ।

‘सञ्चारकर्मीले निष्कर्ष निकाल्न हतार गर्छ । निष्कर्ष निकाल्ने काम जनताको हो । दृष्टीकोण बनाउन नागरिकलाई सहयोग गर्ने हो । पत्रकालले आफ्नो दृष्टीकोण प्रस्तुत गर्ने होइन ।’ उहाले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले आम सञ्चार माध्यममा यस्तोखालको मान्यता स्थापीत गर्न समेत आग्रह गरेमा समाचारको स्तर माथि उठ्ने बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले राज्यप्रतीको विद्रोही चेतले सूचना सम्प्रेशण भएको बताउँदैं त्यस्तो चेतले पत्रकारिता गरेर बलियो राज्य निर्माण नहुने बताउनुभयो । उहाले पहिलेको जस्तो विद्रोही चेतले पत्रकारिता गरेर पुग्दैन । राज्य र हामी अलग हौं भन्ने चेत सचेत तप्का मै छ ।’
साथै उहाले कार्यक्रममा राज्यलाई कमजोर पार्ने चिन्तनको मात्रै पैरवी गरेर राज्यलाई बलियो बनाउन नसकिने बताउँदैं सचेत तप्कामा समेत राज्यलाई आफ्नो ठान्ने चिन्तनको खाँचो रहेको औंल्याउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धीको आधार पर्यटनको विकास भएकाले त्यसअघि कृषीको आधुनीकिकरण र औद्योगिकीकरण जरुरी रहेको बताउनुभयो । प्रदेश ५ का ७० प्रतिशत जनता कृषिमा आवद्ध भएपनि त्यसले प्रयाप्त लाभदिन नसकेको उहाको भनाई छ । उहाले औद्योगिकीकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह समेत गर्नुभयो ।
पर्यटन विकासका लागि लुम्बिनीलाई ‘मिनि ठमेल’का रुपमा विकास गर्नुपर्ने बताउनुभयो । ‘ठूला होटेल खोल्दैमा पर्यटक आउने होईनन् । होटेल व्यवसायीले ठमेल र लेकसाईडबाट सिक्न जरुरी छ ।’ उहाले भन्नुभयो लुम्बिनीमा मायादेवि घुम्ने पर्यटक धेरै हुदैंमा आर्थिक विकास हुन सक्दैन । अव लुम्बिनीलाई पनि मिनि ठमेलका रुपमा विकास गर्नु पर्छ ।’
उहाले ठमेलमा पर्यटकले पाउने सुविधा लुम्बिनीमा हुन सक्यो भने आर्थिक गतिविधि बढ्ने बताउनुुभयो

अब । ‘पर्यटक बढ्ने तर अर्थतन्त्र सुक्ने हुनु हुदैंन ।’ उहाले भन्नुभयो लुम्बिनीको वीस्तृत गुरुयोजना कार्यान्वयनमा बाधा पु¥याउनेका विरुद्धमा कलम चलाउन सञ्चार माध्ययमलाई आग्रह गर्नुभयो । विकास विरोधीप्रति मिडियाहरु निर्मम बनेमात्रै समृद्धीको लक्ष्यमा पुगीने भन्दै उनले राज्यलाई आक्रमण गर्ने नीति अवलम्बन नगर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनीसहितका क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्रदेश सरकारले अनुसन्धानवृत्ती उपलब्ध गराएपनि अनुसन्धानकर्ता आउन नसकेकोप्रति निराशा व्यक्त गर्नुभयो । यस क्षेत्रको पर्यटन विकासका लागि अनुसन्धान पहिलो शर्त भएको उहाले बताउनुुुभयो । साथै मुख्यमन्त्री पोखरेलले थोरै लगानीमा सञ्चालन गरिएको भएपनि लाङमा सञ्चालन गरिएको प्रदेश एक्पो सफल भएको समेत दावी गर्नुभयो । उहाले प्रदेशमा लगानी भित्र्याउनका लागि बैशाखमा लगानी सम्मेलन गर्न लागिएको समेत जानकारी दिनुुुभयो ।

मुख्यमन्त्री पोखरेलले ३२ औं बार्षिक उत्सवको अवसरमा दैनिक लुम्बिनीले प्रकाशन गरेको ‘गन्तव्य’ विशेषाङ्कको प्रशंशा गर्नुभयो । प्रदेशको लुम्बिनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्ष सफल पार्नमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुुुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले मुलुककोसमृद्धी यात्रामा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुुुभयो । दैनिक लुम्बिनीले पञ्चायकालदेखि गणतन्त्रसम्मको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य रमा अर्यालले जनताको अधिकार र लोकतन्त्रको लागि मिडियाले शशक्तरुपमा कलम चलाउन पर्ने बताउनुुभयो । मिडिया बलियो भएमात्रै लोकतन्त्र बलियो हुने उहाको भनाई थियो ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले कुनै एउटा जनप्रतिनिधिले गरेको गलत काममा समग्र सबै जनप्रतिनिधिहरुलाई जोडेर नैतिक पतन हुनेगरि समाचार सम्प्रेशण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
साईन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आर्थिक बिकासको नेतृत्व प्रदेश ५ ले गर्न सक्ने बताउनुुभयो । युवाहरुलाई उद्यममा जोड्न सके युरोपमा देखिने भविष्य नेपालमै सम्भव हुने उहाले बताउनुुुभयो ।
कार्यक्रममा पुर्वसम्पादक डि.आर घिमिरे, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले बोल्दै लुम्बिनी दैनिकले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सिद्यार्थ पब्लीकेशनका अध्यक्ष मोहन चापागाईले मुलुकको समृद्धी र जनताकोअधिकारका लागि लुम्बिनीले निरन्तर कलम चलाउने प्रतिवद्धता जनाउनुुुभयो । मोफसलमा नीजि क्षेत्रबाट निरन्तररुपमा प्रकाशित पहिलो पत्रिका दैनिक लुम्बिनीलाई अझैं जनमुखी र जवाफदेहिता बनाउदैं लैजाने जिम्वेवारी रहेको बताउनुुभयो ।

पत्रिकाका सम्पादक यानेन्द्र जिसिको संचालनमा भएको कार्यक्रममा पूर्वसम्पादकहरु कर्णबहादुर कार्की, डिआर घिमिरे, विनोद पहाडी, चतुर्भूज आत्रेय, गिरी श्रीष, दिपक ज्ञवाली, सुरेश गुरागाईलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रिकाका विज्ञापनदाताहरु फिस्टेल मिडिया, बुद्ध पावर, साईन रेसुङ्गा डेभलपमेण्ट बैंक, मिशन डेभलपमेण्ट बैंक, शिवशक्ती शोप उद्योग, लोक शुशिला अटोलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ८ : १६ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको