६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

बैकल्पिक राजनीतिको उर्जा साझा पार्टी : संयोजक मिश्र



लुम्बिनी । बिबेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्राले नेपालको बैकल्पिक राजनिीतिको उर्जा बिबेकशील साझा पार्टी भित्र मात्र रहेको बताउनुभएको छ ।

उहाले सो कुरा बुद्धजन्म स्थल लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोद्धन गर्दै बताउनुभएको हो ।

साझा पार्टी संयोजक मिश्राले काँग्रेस,कम्युनिष्ट लगायतका दलहरु सुसंस्कृतिको राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता बैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताउनुभयो । उहाले दोस्रो राष्ट्रिय भेला मार्फत नेपाल साझा पार्टी भ्रष्टाचार र्निमूलीकरण तथा सुसंस्कृति राजनीतिको एजेण्डालाई बटमलाईन बनाई जनता माझ जान कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढेको हुदा त्यस पछि सुशासन तथा सुसंस्कृति सहितको राजनीतिलाई स्थापित गर्न साझा पार्टी बिना अरु कसैले गर्न नसक्ने उहाले दाबी गर्नुभयो ।

कार्यक्रममा साझा पार्टी प्रबक्ता डा.सर्यराज आचार्यले बुद्धजन्म स्थल लुम्बिनीबाट आफूहरु नेपाली राजनीतिमा नया आयाम थपेर फरक धार बाट मुलुकलाई धान्न बैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताउनुभयो ।

सो अवसरमा राजीनितक मामला प्रमुख मुमाराम खनाल,संगठन बिभाग प्रमुख केशवदहाल, संघीय साँसद शोभाशाक्य लगायतले मक्तब्य ब्यक्त गरेका थिए । देश भरिबाट साढे चारसय नेता कार्यकर्ता सम्मलित भेला तीन दिन सम्म चल्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ३८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस