६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

तिलोत्तमाको जानकीनगरमा खुल्यो आहाना कलेक्सन



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा आहाना कलेक्सन सचालनमा आएको छ । महिला तथा बालबालिकाहरुका लागि तयारी पोशाकहरुको पसल आहाना कलेक्सनको शुक्रबार एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले एक कार्यक्रमका बिच कलेक्सनको बिक्री सुभारम्भ गर्नुभएको थियो । सो अबसरमा बोल्दै अध्यक्ष भण्डारीले चर्को कर, राज्यका विभेदकारी र झन्झटीला नीतिले निजी क्षेत्र मर्कामा परेको बताउनुभयो ।

निजी क्षेत्रको विकास र बिस्तार बिना देशमा समृद्धि भित्रन नसक्ने भन्दै अध्यक्ष भण्डारीले नीजि क्षेत्र मैत्री कर प्रणाली र नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो । बुटवल–भैरहवा ६ लेन सडकसँगै जोडीएको आहाना कलेक्सन युवा व्यवसायी ज्ञानेन्द्र कार्की र मुना कार्कीले सञ्चालनमा ल्याउनुभएको हो । तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षसमेत रहेका संचालक कार्कीले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

नेपाली उपभोक्ताहरु भारतीय बजार सुनौली–नौतनवासम्म पुगेर सामान खरिद गर्दा करोडौँ रुपैयाँ विदेशियको भन्दै सुनौली–नौतनवाभन्दा सस्तो मूल्यमा डिजाइनदार र गुणस्तरीय पहिरन आहाना कलेक्सनमै उपलब्ध हुने कार्कीले जानकारी दिनुभयो । झण्डै ५ करोडको लगानीमा सञ्चालनमा ल्याइएको कलेक्सनमा २५ जनाले रोजगारी पाएका छन् ।

महिला तथा बालबालिका लागि आवश्यक पर्ने आधुनिक र डिजाइनका पहिरनहरु बुटवल, भैरहवा तथा भारतीय बजार सुनौली–नौतनवा भन्दा सुपथ मूल्यमा उपलब्ध गराइने कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ०१ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस