४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमाको जानकीनगरमा खुल्यो आहाना कलेक्सन



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा आहाना कलेक्सन सचालनमा आएको छ । महिला तथा बालबालिकाहरुका लागि तयारी पोशाकहरुको पसल आहाना कलेक्सनको शुक्रबार एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले एक कार्यक्रमका बिच कलेक्सनको बिक्री सुभारम्भ गर्नुभएको थियो । सो अबसरमा बोल्दै अध्यक्ष भण्डारीले चर्को कर, राज्यका विभेदकारी र झन्झटीला नीतिले निजी क्षेत्र मर्कामा परेको बताउनुभयो ।

निजी क्षेत्रको विकास र बिस्तार बिना देशमा समृद्धि भित्रन नसक्ने भन्दै अध्यक्ष भण्डारीले नीजि क्षेत्र मैत्री कर प्रणाली र नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो । बुटवल–भैरहवा ६ लेन सडकसँगै जोडीएको आहाना कलेक्सन युवा व्यवसायी ज्ञानेन्द्र कार्की र मुना कार्कीले सञ्चालनमा ल्याउनुभएको हो । तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षसमेत रहेका संचालक कार्कीले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

नेपाली उपभोक्ताहरु भारतीय बजार सुनौली–नौतनवासम्म पुगेर सामान खरिद गर्दा करोडौँ रुपैयाँ विदेशियको भन्दै सुनौली–नौतनवाभन्दा सस्तो मूल्यमा डिजाइनदार र गुणस्तरीय पहिरन आहाना कलेक्सनमै उपलब्ध हुने कार्कीले जानकारी दिनुभयो । झण्डै ५ करोडको लगानीमा सञ्चालनमा ल्याइएको कलेक्सनमा २५ जनाले रोजगारी पाएका छन् ।

महिला तथा बालबालिका लागि आवश्यक पर्ने आधुनिक र डिजाइनका पहिरनहरु बुटवल, भैरहवा तथा भारतीय बजार सुनौली–नौतनवा भन्दा सुपथ मूल्यमा उपलब्ध गराइने कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको