४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली उद्योगीहरुको समस्या समाधानमा सरकार गम्भीर हुन आग्रह



बुटवल । स्वदेशी उद्योगलाई प्रोत्साहन घोषणा र निति बनाएको सरकारले कायान्वनको पाटोलाई बलियो बनाउनुपर्ने सुझाव दिएका छन । बुटवल उद्योग फर्निचर संघको आयोजनामा शुक्रबार बुटवलमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले उद्योग मैत्री वातावरण सृजना गर्नुपर्ने बताएका हुन ।

संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेले उद्योगको विकासको लागि चाहिने दक्ष जनशक्ति, औधोगिक क्षेत्रको ब्यवस्थापन, गुणस्तरिय विदुत आपुर्ति, सस्तो बैक ब्याजदर, उच्च प्रविधि भित्र्याउनको लागि सहुलियत रुपमा ऋण लगानीको साथै निजि वन, सरकारी वन र सामुदायिक वनको उत्पादन हुने काठ आपुर्तिमा सरलिकरण गर्न सके नेपाल फर्निचरमा आत्मनिर्भर हुन सकिने उहाले बताउनुभयो । हरेक उद्योगमा समस्या रहेको उहाले बताउनुभयो । सरकारले कर धेरै तोक्ने तर दक्ष युवा जनशक्ती स्वदेशमा रोक्न नसक्नु ठूलो समस्या भएको उहाले बताउनुभयो । युवालाई स्वदेशमा स्थापित हुने गरि नीति ल्याउनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले समय परिवर्तन भएको बताउनुभयो । बजार विविध प्रकारका माग रहेको उहाले बताउनुभयो । दिर्घकालिन सोचका साथ दिगो योजना बनाएर अघि बढ्न उहाले सुझाव दिनुभयो । युवालाई स्वदेशमा फर्काउन धेरै योजना अघि ल्याएको दाबी गर्दै धेरै पाटोमा सरकार अघि बढाएको बताउनुभयो । स्वरोजगार र ब्यावसायलाई छोडेर अन्यलाई कारवाहि गर्ने प्रतिवद्घता जनाउनुभयो । सिपयुक्त कामदार अभाव मुख्य चुनौती हो । विदेशी कामदारको भर पर्नुपर्ने बाध्यता छ ।

यो समस्या समाधान गर्न नगरपालिकाले अब सहयोग गर्ने बताउनुभयो । नगरका हरेक फर्निचर उद्योगमा युवा ईलम कार्यक्रम चलाउने उहाले बताउनुभयो । फर्निचरजन्य वृक्षारोपण समेत शुरुवात गर्न उहाले सुझाव दिनुभयो । बुटवल नगरमा छरिएर रहेका अटो, ग्रिल र फर्निचर उद्योगलाई ब्यवस्थापन मोतिपुर औदोगिक क्षेत्रमा गर्ने गरि तयारि गरेको उहाले बताउनुभयो । नगरस्तरीय र वडास्तरमा रहेका अनुगमन समितिलाई क्रियासिल गराउने गरि अघि बढ्न उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष कन्हैयालाल कसौधनले नेपाली आर्थिक बजारको उन्नतिका लागि पुर्वाधार विकासमा सरकारको लगानि न्यून भएको बताउनुभयो ।

समाजको आवश्यकता अनुसार सरकारको लगानी नहुने
पुर्वअध्यक्ष विष्णु कुमार श्रेष्ठले २०५७ सालदेखि ब्यवसायीहरु आफै अनुगमनमा लागेको बताउनुभयो । तर त्यो प्रभावकारी हुन नसकेको उहाले गुनासो गर्नुभयो । उद्योगीहरु धेरै समस्यामा रहेको उहाले बताउनुभयो । औपचारिकतामा सिमित हुदा प्रगति शून्य रहेको
आफुहरुको सतप्रतिशत कच्चा पदार्थमा आधारित उद्योग भएको भन्दै नेपाली ठूलो कच्चा पदार्थको सहि उपयोग हुन नसक्नु, दक्ष जनशक्तीको अभाव, मुख्य चुनौती रहेको उहाले बताउनुभयो । चाईना र भारतीय उत्पादनका कारण नेपाली फर्निचर बजार समस्यामा आएको उहाले बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण आचार्य, संघका महासचिव जिवकान्त काफ्ले, संघका निवर्तमान सल्लाहकार दिनेशराज रेग्मी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, अन्तरिक राजश्व कार्यालय बुटवलमा प्रमुख कर अधिकृत धुव्र कुमार ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालय बुटवलका प्रमुख नारायण आचार्य, डिभिजन वन कार्यलयय रुपन्देहीका प्रमुख वोधराज सुवेदी, ग्रील तथा स्टील व्यवसायी संघका अध्यक्ष तुल बहादुर सारु लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

उद्योगीको नाममा दर्ता भएर सेवासुविधा लिने तर व्यापार गर्ने बजारमा धेरै ब्यावसायीका कारण पनि समस्या भएको उहाले बताउनुभयो । सरकार कढाईका साथ यसलाई अनुगमन र छानबिन गर्न समेत उनले माग गर्नुभयो । फर्निचर उद्योगमा आधारित प्लाई उड, किल्लाकाटी, फेबिकल, समिल, पेन्टका उद्योगहरु छन ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार रुपन्देहीमा करीक ८ सय उद्योग छन । जसमा १ हजार ५ सय ब्यक्तिहरु प्रत्यक्ष रोजगार पाएका छन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : १० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा