६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

प्याराउमान्टको २५ औं रजत महोत्सव सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर १ रहेको प्यारामाउन्ट ईंग्लीस बोडीङ्ग स्कुल ले स्थापनाको २५ औ बर्ष रजत महोत्सवको रुपमा मनाएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

रजत महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वतावरण मन्त्री लिला गिरीले अवको शिक्षा विद्यार्थीहरु रुची अनुसारको हुनुपर्ने बताउनुभयो । उहाले विद्यार्थीहरुको रुची अनुसार शिक्षा प्रदान गर्न सकेमा शिक्षा क्षेत्रमा साच्चै नै परिर्वतन आउने भन्दै समय सापेक्ष शिक्षा प्रदान गरे मात्र देशले राम्रो जनशक्ति प्राप्त गर्ने बताउनुभयो । उहाले अव परम्परागत शिक्षा पद्धती भन्दा पनि विद्यार्थीहरुको रुची अनुसारको शिक्षा प्रदान गर्नको लागि अभिभावक संग आग्रह गर्नुभयो ।

नेपालको शैक्षिक ईतिहासमा नीजी क्षेत्रको योगदान विशेष रहेको भन्दै मन्त्री गिरीले प्यारामाउन्टले तिलोत्तमा क्षेत्रको शैक्षिक ईतिहासमा विशेष योगदान दिएको समेत चर्चा गर्नुभयो । वालवालिकाहरुको पहिलो पाठशाला भनेको घर परिवार रहेको भन्दै मन्त्री गिरीले सोही अनुसार उचित स्यहार सुसार अभिभावकहरुले घरमा नै गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ठ आतिथि राष्ट्रिय सभा सदस्य गोपाल प्रसाद भट्राईले पनि समय सापेक्षा शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको थियो । उहाले अवको शिक्षा अभिभावकहरुको रोजाईंमा भन्दा पनि विद्यार्थीको रुची अनुसारको हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख गंगाराम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले शुभकामना दिनुभएको थियो ।

विद्यालयका प्रचार्य दामोदर भुषालले विद्यालयले गर्नुभएको कार्यप्रगति विवरण सर्वजनिक गर्दै विद्यालयल प्रदेश ५ कै नमुना विद्यालय बनाउने योजना रहेको बताउनुभयो ।

सोही कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, वयोवृद्ध अभिभावक, संस्थापकहरु, शिक्षक तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिवकार पन्थीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ४५ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस