२१ भदौ २०८३, आइतबार | September 7, 2026

बुटवलमा ट्रमा सेन्टर जरुरी : रोटरी डिष्ट्रिक ३२९२ गर्भनर



बुटवल । बुटवलमा ट्रमा सेन्टरको आवश्यकता देखिएका सबै रोटरी क्लबले सामुहिक योजना बनाएर अगाडि बढ्न रोटरी डिष्ट्रिक ३२९२ का एजी किरणलाल श्रेष्ठले आग्रह गर्नुभएको छ ।

विशिष्टिकृत स्वास्थ्य सेवालाई सबैले प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै गर्भनर श्रेष्ठले वृहत योजना बनँएर अगाडि बढे डिष्ट्रिक तथा आरआइबाट समेत अनुदान दिलाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनको चौथो क्लब एसेम्ब्लीमा बोल्दै श्रेष्ठले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रोटरी क्लबले गरेको योगदानले सबै रोटरियनको शीर ठाडो भएकाले यसैगरी ट्रमा सेन्टरका लागि अघि बढ्न आग्रह गर्नुभएको हो । रोटरीको पहिचान उसले गरेका सामाजिक कामबाट समाजमा देखिनुपर्ने बताउँदै गर्भनर श्रेष्ठले पोलियोपछि साक्षरतालाई प्राथमिकतामा राखिएकाले सबै क्लबले ध्यान दिएर कार्ययोजना अनुसार काम गर्न आग्रह गर्नुभयो ।

योजनाबिनाका कामले कुनै पनि संस्थाले सफलता पाउन नसकने बताउँदै उहाँले योजना, समय र जिम्मेवारी बोध रोटरियनका पहिचान बन्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षता तथा सचिव मनोज भुसालको संचालमा भएको कार्यक्रममा रोटरी डिष्ट्रिकका सल्लाहकार डा. आरसी आचार्यले सामुहिक योजनालाई समयमै सम्पादन गर्ने क्षमतालाई रोटरियनहरुले विकास गर्नुपर्ने बताउनुभयो । एजीद्वय इन्द्र रिसाल र राजेन्द्र ढकालले कार्ययोजना अनुसारका कार्यक्रमलाई समयमै पूरा गर्न र त्यसको रिपोटिङ समयमै गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लबका प्रशासन प्रमुख बाबुराम बन्जाडे, सदस्यता प्रमुख ईनादेवी उपाध्याय, जनसम्पर्क प्रमुख खगुलाल गिरी, टिआरएफ प्रमुख भीमराज श्रेष्ठ, सर्भिस प्रोजेक्ट सदस्य विमल श्रेष्ठले आफ्नो कार्यसम्पादन विवरण गर्भनरसँग राख्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ५१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त