१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बुटवलमा ट्रमा सेन्टर जरुरी : रोटरी डिष्ट्रिक ३२९२ गर्भनर



बुटवल । बुटवलमा ट्रमा सेन्टरको आवश्यकता देखिएका सबै रोटरी क्लबले सामुहिक योजना बनाएर अगाडि बढ्न रोटरी डिष्ट्रिक ३२९२ का एजी किरणलाल श्रेष्ठले आग्रह गर्नुभएको छ ।

विशिष्टिकृत स्वास्थ्य सेवालाई सबैले प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै गर्भनर श्रेष्ठले वृहत योजना बनँएर अगाडि बढे डिष्ट्रिक तथा आरआइबाट समेत अनुदान दिलाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनको चौथो क्लब एसेम्ब्लीमा बोल्दै श्रेष्ठले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रोटरी क्लबले गरेको योगदानले सबै रोटरियनको शीर ठाडो भएकाले यसैगरी ट्रमा सेन्टरका लागि अघि बढ्न आग्रह गर्नुभएको हो । रोटरीको पहिचान उसले गरेका सामाजिक कामबाट समाजमा देखिनुपर्ने बताउँदै गर्भनर श्रेष्ठले पोलियोपछि साक्षरतालाई प्राथमिकतामा राखिएकाले सबै क्लबले ध्यान दिएर कार्ययोजना अनुसार काम गर्न आग्रह गर्नुभयो ।

योजनाबिनाका कामले कुनै पनि संस्थाले सफलता पाउन नसकने बताउँदै उहाँले योजना, समय र जिम्मेवारी बोध रोटरियनका पहिचान बन्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षता तथा सचिव मनोज भुसालको संचालमा भएको कार्यक्रममा रोटरी डिष्ट्रिकका सल्लाहकार डा. आरसी आचार्यले सामुहिक योजनालाई समयमै सम्पादन गर्ने क्षमतालाई रोटरियनहरुले विकास गर्नुपर्ने बताउनुभयो । एजीद्वय इन्द्र रिसाल र राजेन्द्र ढकालले कार्ययोजना अनुसारका कार्यक्रमलाई समयमै पूरा गर्न र त्यसको रिपोटिङ समयमै गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लबका प्रशासन प्रमुख बाबुराम बन्जाडे, सदस्यता प्रमुख ईनादेवी उपाध्याय, जनसम्पर्क प्रमुख खगुलाल गिरी, टिआरएफ प्रमुख भीमराज श्रेष्ठ, सर्भिस प्रोजेक्ट सदस्य विमल श्रेष्ठले आफ्नो कार्यसम्पादन विवरण गर्भनरसँग राख्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ५१ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको