१५ बैशाख २०८१, शनिबार | April 27, 2024

विवाहपछि युवती मोटाउने यस्ता छन् प्रमुख १० कारण



काठमाडौं । विवाहपछि केटीहरु किन मोटा हुन्छन् भन्ने प्रश्न धेरै व्यक्तिको मनमा हुन्छ । यसको मुख्य कारणको रुपमा केटीहरुको लाइफस्टाइलमा परिवर्तन हुनु नै हो ।

धेरै केटीहरुले विवाहपूर्व आफ्नो स्वास्थ्यका बारेमा सचेतता अप्नाएका हुन्छन् । तर विवाहपछि भने केटीहरुमा जिम्मेवारी बढ्न थाल्छ । जसले गर्दा उनीहरुले आफ्नो स्वास्थ्यका बारेमा सोच्न सक्दैनन् । त्यसै कारणले उनीहरको तौल बढ्न थाल्छ ।

विवाहपछि तौल बढ्नुका मुख्य १० कारण

  • हर्मोनमा आएको परिवर्तन

विवाहपछि केटीहरुमा इमोशनल तथा विभिन्न प्रकारका हर्मोनमा परिवर्तन आउँछ । सेक्सुअल लाइफमा एक्टिभ हुनु पनि तौल बढ्नुको कारण हो । त्यस्तै महिलाहरुले गर्भनिरोधक चक्कीको प्रयोगले पनि केटीहरुमा मोटोपना बढ्दै जान्छ ।

  • आफ्नो बारेमा केन्द्रित नहुँनु

विवाह भन्दा पहिले केटीहरुले आफ्नो लुक्स र तौलमा ध्यान दिन्छन् । धेरैले नियमित एक्सरसाइज पनि गर्छन् । तर विवाहपछि उनीहरुको क्रियाकलापमा परिवर्तन आउँछ । जिम्मेवारीका कारण उनीहरुले विगतमा तौल र लुक्स फिट राख्नका लागि प्रयोग गरेका विधिहरु अप्नाउन सक्दैनन् । यसले गर्दा तौल बढ्छ ।

  • निद्राको कमी

तौल बढ्नुको अर्को कारणमा निद्राको कमी पनि हो । विवाहपछि पहिले जस्तो सुत्ने र उठ्ने तालिका हुँदैन । धेरैले आवश्यक समयसम्म सुत्न पाउँदैनन् । त्यसले गर्दा पनि तौल बढ्छ ।

  • प्राथमिकतामा परिवर्तन

खाना मात्र होइन विवाहपछि केटीहरुको प्राथमिकता पनि परिवर्तन हुन्छ । श्रीमान र परिवारका अन्य सदस्यको आवश्यकताअनुसार आफूलाई चलाउनु पर्ने कारणले गर्दा आफ्नो शरीर उनीहरुको प्राथमिकतामा पर्दैन । यसले पनि तौल बढाउन मद्दत गर्छ ।

  • बाहिरका खानेकुरा

नवविवाहित जोडीले धेरैजसो बाहिरका खानेकुरा खान मन पराउँछन् । हाइ क्यालोरीको कन्ज्युम भएपछि महिलाको पेट र एरिया नै बढ्ने गरेको छ । बाहिरका खानेकुरा पनि तौल बढ्नुका कारणमा पर्छन् ।

  • उमेर

सामान्यतया अहिले २८देखि ३० वर्षसम्म केटीहरुले विवाह गर्छन् । एक अध्ययनअनुसार ३० वर्षपछि शरीरको मेटाबोलिक दर कम हुन्छ । त्यसकारणले पनि तौल बढ्न थाल्छ ।

  • स्ट्रेस

विवाहपछि केटीहरुमा स्ट्रेस पनि हुन्छ । आफ्नो घर छाडेर अर्को घरमा एडजस्ट हुने कुरा कठिन काम हो । नयाँ घरमा एडजस्ट गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या झेल्नुपर्छ । त्यसकारण पनि तौल बढ्छ ।

  • सामाजिक दबाब

धेरै व्यक्तिले विवाह पहिले सुन्दर रहन सल्लाह दिन्छन् । आफ्नो परिवारका सदस्य र साथीहरुले सुन्दर बन्नका लागि विभिन्न उपायको अवलम्बन गर्न पनि सुझाव दिन्छन् । यो दबाब विवाहपछि पनि निरन्तर रहन्छ । त्यसैले केटीहरु गैरजिम्मेवार बन्न थाल्छन् ।

  • गर्भवती

विवाहपछि महिलाहरुको तौल बढ्नुमा गर्भवती मुख्य कारणमै पर्छ । गर्भवती भएपछि धेरै प्रकारका खानेकुराले महिलाको स्वास्थ्यमा अधिक मोटोपना आउँछ । तर सुत्केरी भएपछि पनि महिलाले मोटोपना अन्त्यका लागि ध्यान दिदैनन् । त्यसैले केटीहरु मोटा हुँदै जान्छन् ।

  • गतिविधिमा आएको परिवर्तन

विवाहपछि श्रीमान्, श्रीमतीले एकआपासमा लामो समय बिताउन खोज्छन् । सँगसँगै लामो समयसम्म बस्दा मोटोपनाको कारण बन्न सक्छ । अत्य क्रियाकलापले पनि केटीहरु मटाउन सहयोग पुग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : २२ बजे

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक