१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

रोटरी क्लबमा २५ बर्ष सेवा दिने सम्मानित



बुटवल । रोटरी क्लबको सदस्यता लिएर २५ बर्षभन्दा बढी योगदान दिएका अग्रजहरुलाई बुटवलमा सम्मान गरिएको छ । रोटरी क्लब अफ बुटवलको १३०० औं नियमित बैठकका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल/भुटान ले २५ बर्ष भन्दा धेरै रोटरीमा सेवा गरेका ७० जनालाई गएको २३ फेब्रुअरीका दिन काठमार्डौमा विशेष सम्मान गरेको हो । जसमा रोटरी क्लब अफ बुटवलका बिन्ध्याकेशर जोशी, रुप किशोर लाकौल, निर्मल लाकौल, रामप्रसाद खरेल, दिनेश जोशी र मणिरत्न पाण्डे सम्मानित हुनु भयको थियो । त्यसरी सम्मानित हुनेहरुलाई आज शनिवार बुटवलमा रोटरीको सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाजका हरेक क्षेत्रमा निस्वार्थ भावनाले काम गर्दै जाने रोटरीको उद्देश्यलाई हामी सबैले पालना गर्नु पर्ने बताउनु भयो । उहाले रोटरीले शिक्षा, स्वाश्थ्य, बातावरण, महिलाका क्षेत्रमा अभावमा रहेका समुहमा आत्मबल बढाउन हातेमालो गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद अर्यालले रोटरी क्लबले गर्दै आएको गतिविधि र प्राथमिकताका क्षेत्रहरुक बारेमा जानकारी गराउनु भएको थियो । उहाले रोटरी शिक्षा, स्वाश्थ्य लगायतका विभिन्न ६ वटा विषयमा आफुलाई केन्द्रीत गरि विश्वभरी काम गर्दै आएको बताउदै रोटरी र समाज एकअर्काका परिपुरक बनेर अगाडी बढेको दावी गर्नु भयो ।

क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्सीयल काउन्सिलका संयोजक विन्ध्याकेशर जोशी, संघका पूर्व अध्यक्ष अजयमान श्रेष्ठ, इ.छविन्द्र भट्टराई लगायत बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्माल गर्नु भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ०४ बजे

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण