४ पुस २०८२, शुक्रबार | December 19, 2025

रोटरी क्लबमा २५ बर्ष सेवा दिने सम्मानित



बुटवल । रोटरी क्लबको सदस्यता लिएर २५ बर्षभन्दा बढी योगदान दिएका अग्रजहरुलाई बुटवलमा सम्मान गरिएको छ । रोटरी क्लब अफ बुटवलको १३०० औं नियमित बैठकका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल/भुटान ले २५ बर्ष भन्दा धेरै रोटरीमा सेवा गरेका ७० जनालाई गएको २३ फेब्रुअरीका दिन काठमार्डौमा विशेष सम्मान गरेको हो । जसमा रोटरी क्लब अफ बुटवलका बिन्ध्याकेशर जोशी, रुप किशोर लाकौल, निर्मल लाकौल, रामप्रसाद खरेल, दिनेश जोशी र मणिरत्न पाण्डे सम्मानित हुनु भयको थियो । त्यसरी सम्मानित हुनेहरुलाई आज शनिवार बुटवलमा रोटरीको सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाजका हरेक क्षेत्रमा निस्वार्थ भावनाले काम गर्दै जाने रोटरीको उद्देश्यलाई हामी सबैले पालना गर्नु पर्ने बताउनु भयो । उहाले रोटरीले शिक्षा, स्वाश्थ्य, बातावरण, महिलाका क्षेत्रमा अभावमा रहेका समुहमा आत्मबल बढाउन हातेमालो गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद अर्यालले रोटरी क्लबले गर्दै आएको गतिविधि र प्राथमिकताका क्षेत्रहरुक बारेमा जानकारी गराउनु भएको थियो । उहाले रोटरी शिक्षा, स्वाश्थ्य लगायतका विभिन्न ६ वटा विषयमा आफुलाई केन्द्रीत गरि विश्वभरी काम गर्दै आएको बताउदै रोटरी र समाज एकअर्काका परिपुरक बनेर अगाडी बढेको दावी गर्नु भयो ।

क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्सीयल काउन्सिलका संयोजक विन्ध्याकेशर जोशी, संघका पूर्व अध्यक्ष अजयमान श्रेष्ठ, इ.छविन्द्र भट्टराई लगायत बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्माल गर्नु भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको