१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गोकुल बाँस्कोटा प्रकरण छानबिन हुनुअघि नै प्रधानमन्त्रीले किन बचाउ गरे ? : काग्रेस सभापति देउवा



काठमाडौ । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान सञ्चारमन्त्रीले राजीनामा दिएको एक साता बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको एक साताभन्दा बढी समय भए पनि छानबिन सुरु नहुनुको पछाडि गम्भीर नियत लुकेको दाबी गर्नुभयो । उहाले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।

एक साता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भीर नियत छ,’ सभापति देउवाले भन्नुभयो, ‘अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन् ? हामीभित्र को को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस् ।’

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ कि हुँदैन भन्दै सभापति देउवाले प्रश्न समेत गर्नुभयो । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो,’ उहाले भन्नभयो, ‘त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् ? छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तपाईको बोलीको विश्वासनीयता कमजोर भएन ?’

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको श्वेतपत्र लिएको आरोप समेत लगाउनुभयो । ‘नेपाल ट्रष्टको श्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ,’ उहाले भन्नरभयो, ‘टेलिकमको प्रकरणमा अर्बो रुपैयाँ भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले चार अर्ब रुपैयाँमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’

उहाले नेपाल ट्रष्टको श्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टीकरण दिनुभयो । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उहाले श्वेतपत्रप्रति आपत्ति जनाउनुभयो । उहाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गर्नुभयो ।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्व तयारीलाई तीव्रता दिनुपर्ने देउवाको माग छ । उहाले विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहन पनि आग्रह गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहनुभएको थियो । संसदीय मान्यताअनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ०८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान