७ चैत्र २०८२, शनिबार | March 21, 2026

गोकुल बाँस्कोटा प्रकरण छानबिन हुनुअघि नै प्रधानमन्त्रीले किन बचाउ गरे ? : काग्रेस सभापति देउवा



काठमाडौ । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान सञ्चारमन्त्रीले राजीनामा दिएको एक साता बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको एक साताभन्दा बढी समय भए पनि छानबिन सुरु नहुनुको पछाडि गम्भीर नियत लुकेको दाबी गर्नुभयो । उहाले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।

एक साता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भीर नियत छ,’ सभापति देउवाले भन्नुभयो, ‘अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन् ? हामीभित्र को को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस् ।’

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ कि हुँदैन भन्दै सभापति देउवाले प्रश्न समेत गर्नुभयो । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो,’ उहाले भन्नभयो, ‘त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् ? छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तपाईको बोलीको विश्वासनीयता कमजोर भएन ?’

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको श्वेतपत्र लिएको आरोप समेत लगाउनुभयो । ‘नेपाल ट्रष्टको श्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ,’ उहाले भन्नरभयो, ‘टेलिकमको प्रकरणमा अर्बो रुपैयाँ भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले चार अर्ब रुपैयाँमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’

उहाले नेपाल ट्रष्टको श्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टीकरण दिनुभयो । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उहाले श्वेतपत्रप्रति आपत्ति जनाउनुभयो । उहाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गर्नुभयो ।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्व तयारीलाई तीव्रता दिनुपर्ने देउवाको माग छ । उहाले विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहन पनि आग्रह गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहनुभएको थियो । संसदीय मान्यताअनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ०८ बजे

आज मुस्लिम समुदायले ईद उल फित्र पर्व मनाउँदै

काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा