४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रचण्डलाई आक्रमण प्रयास गर्ने तिरुवा विप्लव समूहमा आवद्ध !



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने युवक प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको खुलेको छ ।

जुम्ला सिञ्जा गाउँपालिका २ घोडेङ्गा गाउँका २२ वर्षीय रतन तिरुवा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा आवद्ध रहेको जुम्लाका स्थानीयले बताएका छन् ।

घाडेङ्गा गाउँका स्थानीयकाअनुसार रतनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । पछिल्लो समय रतन विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर फर्किने क्रममा तिरुवाले प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरेका थिए ।

जुत्ता प्रहारको प्रयास गरेका तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको