२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश ५ मा मेला महोत्सव, भेला गर्न प्रतिबन्ध, प्रदेश सरकारको लगानी सम्मेलन स्थगित



बुटवल । नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै प्रदेश ५ सरकारले आगामि बैशाख ४ र ५ गते गर्न गईरहेको लगानी सम्मेलन स्थगित गरेको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानीक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय समेत गरेको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले संघिय सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णय सहित प्रदेश सरकारको लागानी सम्मेलन समेत स्थगित गरिएको जानकारी दिनुभयो । उहांले लगानी सम्मेलनमा बिदेशी पाहुनाहरु समेत सहभागि रहने भएको हुंदा लगानी सम्मेलन स्थगित गरिएको बताउनु भयो । भाईरसको बिश्वभरीको अवस्था हेरी उपयुक्त समेयमा लगानी सम्मेलन गरिने मन्त्री चोधरीले बताउनु भयो ।

मन्त्री परिषदले भौतिक पुर्वाधार मन्धालयले तयार गरेको सडक निर्माण, मरमत तथा सुधार गर्न बनेको बिधेयक स्विकृती गर्नुका साथै उद्योग, पर्यटन, बन तथा बतावर मन्त्रालयले साझेदारी नियमावलीलाई स्विकृत दिएको मनत्री चोधरीले जानकारी दिनुभयो । उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयको कला साहित्य तथा संगित प्रतिस्थान गठन गर्न बनेको बिधेयक समेत स्विकृती गरेको उहांले बताउनु भयो ।

यस अघि संघिय मन्त्रीपरिषदले उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोिखरेलको संयोजकत्वमा उच्चस्तरिय समन्वय समिती बनाउंदै हवाई तथा यातायात सम्पर्क भएका मुलुकहरुबाट हुने आवतजावतलाई निगरानी गर्ने निर्णय गरेको थियो ।

बिश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : ०७ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा