४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

नेपालको राइनोजले भारतको साहारा क्लबलाई भारी रन अन्तरले हरायो



बुटवल । राइनोज क्रिकेट क्लव काठमाडौँले भैरहवामा जारी एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिताको आज भएको खेल जीतेको छ । उसले भारत चेन्नाईको साहारा क्रिकेट क्लवलाई एक सय १४ रनले हरायो ।

टच हारेर पहिले व्याटिङको निम्तो पाएको राइनोजले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको भारी स्कोर तयार पा¥यो । रोहित कुमार पौडेलले आक्रमक व्याटिङ्ग गर्दै ३८ बलमा ८९ रन बनाए । ओपनरका रुपमा आएका रोहित कुमार पौडेल र सुनिल चन्दले पहिलो विकेटकालागि एक सय ३४ रनको साझेदारी गरे ।

सुनिलले आफ्नो निजी ३० रन बनाउन सफल भए । प्रकाश केसी २६ तथा गजेन्द्र बोहाराले २५ रन बनाए । बलिङमा साहाराका बाबुले दुई, एबी, राज र अखिलले एक, एक विकेट लिए । दुई सय रनको लक्ष्य पछ्याएको साहारा ८५ रनमै समित र¥यो । १६ दशमलव चार बलमा सबै विकेट गुमाउँदै उसले एक सय १४ रनको हार व्यहोर्यो ।

साइदुर्गााले २३ तथा किरणले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । साहारालाई सस्तैमा रोक्न राइनोजका मान बहादुर थापाले तीन, कमल सिंह ऐरी र धिरज साहीले दुई दुई विकेट लिए ।

मंगलबार सेमिफाइनलका लागि समूह बीबाट राइनोट क्रिकेट क्लव काठमाडौँ र शंकरनगर क्रिकेट क्लव तिलोत्तमा तथा साहारा क्रिकेट क्लव भारत र गुज्रात लायन्स पाकिस्तानबीच हुने छ । समूह बी बाट वेष्टन क्रिकेट क्लब बुटवल र अर्सक क्रिकेट क्लब बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ०१ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा