३ पुस २०८२, बिहिबार | December 19, 2025

क्वारेन्टाइनमा बसेका १ सय ६५ जना नेपालीले सरकारको जय जयकार गर्दै घर फर्किए



भक्तपुर ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटी क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ ।

सरकारले गएको फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याएको १ सय ६५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा बसेकासहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई सोमबार बिदाइ गर्दै उहाँले कोरानाको बारेमा जनचेतना अभिवृद्धिमा लाग्न आग्रह गर्नुभएको हो । गएको शनिबार क्वारेन्टाइनमा रहेका सबैको नाक र घाँटीको स्वाब सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै सङ्क्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।

बिदाइ कार्यक्रममा राज्यमन्त्री रावतले भन्नुभयो, हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको छ, यो समस्यालाई सहजै हल गर्न सकियो । अब आउन सक्ने समस्यालाई पनि हल गर्न र कारोनाबारे जनचेतना अभिवृद्धि गर्न तपाईँहरु आजैदेखि लाग्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।

उहाँले घर फर्किएका सबैको दीर्घायु एवं सुखद् भविष्यको कामना गर्दै क्वारेन्टाइनमा रहेका नेपालीलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताउनुभयो । क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई सुरक्षादेखि आवश्यक सम्पूर्ण सहयोग पुर्‍याएको बताउँदै नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जस्तोसुकै अवस्थामा पनि देशको सेवा गर्न तयार रहेको बताउनुभयो ।

क्वारेन्टाइनका विद्यार्थीहरुको स्वास्थ्य रेखदेखमा सक्रिय रहँदै आउनुभएका नेपाली सेनाका क्याप्टेन डाक्टर नविन फुँयालले क्वारेन्टाइनमा रहेका सबै स्वथ्य रहेको रिपोर्ट सार्वजनिक गर्नुभएको थियो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खटिनुभएका डाक्टर रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताउनुभयो ।

स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको खबर आएपछि क्वारेन्टाइनमा बसेका सबैले ताली बजाएर खुशी साटेका थिए भने क्वारेन्टाइनमा गरिएको राम्रो व्यवस्थालाई लिएर सरकारप्रति आभार व्यक्त गर्दै सबैले सरकारको जयजयकारको नारा लगाएका थिए ।

चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १ सय ७५ जनालाई गएको फागुन ४ गते उद्धार गरी ल्याएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी गएको आइतबार नै घर फर्किएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ४८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको